बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट ५९ वर्षीय पुरुषको मृत्यु, मृतक ललितपुर निवासी

बुधबार, १४ जेठ २०७७, २१ : ४७
बुधबार, १४ जेठ २०७७

ललितपुरका एक ५९ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।  प्रहरी उच्च स्रोतले उनको कोरोनाभाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ । 

मृतक ललितपुरको भैंसेपाटीका स्थायी निवासी हुन् । उनको बुधबार किस्ट अस्पतालमा उपचारको क्रममा  मृत्यु भएको र  कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोना पोजेटिभको रिपोर्ट आएको हो ।  मृतक लिभरसम्बन्धी रोगबाट ग्रस्त थिए । ​

मृतककाे शव अस्पतालमै रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, बारा र बाँकेका १–१ जनाको मृत्यु भइसकेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप