शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल कलेजको घटनाप्रति चिकित्सक संघको ध्यानाकर्षण

बुधबार, १४ जेठ २०७७, २३ : २५
बुधबार, १४ जेठ २०७७

काठमाडौं । नेपाल चिकित्सक संघले नेपाल मेडिकल कलेजका चिकित्सकमाथि हातपात गरिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै संघले सो घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल मेडिकल कलेज जोरपाटीमा  ६४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर चिकित्सकमाथि हातपात भएको संघको आरोप छ । 

विज्ञप्तिमा कोरोना महामारीका बेला ज्यानको बाजी लगाएर खटिरहेका चिकित्सकमाथि बिरामी बचाउन सकिनस् भन्ने आरोप लगाउँदै हातपात गर्नु अत्यन्तै अमानवीय कार्य भएको भन्दै संघले घटनाको घोर भर्त्सना र निन्दा गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक भगवान नभई बिरामीको उपचारका लागि आफ्नो क्षमता, योग्यता र उपलव्ध उपकरणहरुको अधिकतम प्रयोग गरी रोग निको पार्न प्रयास गर्ने व्यक्ति हुन् ।

त्यसैले कुनै पनि स्वास्थ्यकर्मी कसैको जीवनलाई बचाउन भगवानरुपी जादु गर्न सक्ने व्यक्ति नभएको स्पष्ट पार्न चाहान्छौं ।’ संघले यस्तो संवेदनशिल र विषम परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन समेत सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ । त्यस्तै घटनामा संलग्न दोषीउपर कानुनी कार्वाही गर्न समेत संघले सरकारसँग माग गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप