शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दशगजामा बाँधजस्तै भारतीय सडक, नेपाली भूभाग डुवानमा पर्ने खतरा

बिहीबार, १५ जेठ २०७७, ०७ : ४७
बिहीबार, १५ जेठ २०७७

बुटवल – भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ । 

अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो ।

प्रदेश ५ का ५ वटै जिल्लाका सीमामा यो सडक बनिरहेको छ । नवलपरासी र रुपन्देहीमा सीमाको २०–३० मिटर सडक बनेको हो । 

रुपन्देहीको रोहिणी गाउँपालिका–५ र ६ सँग सीमा जोडिएको दशगजा क्षेत्रमा अहिले भारतले सडक निर्माण गरिरहेको छ । 

चार लेनको पूर्वपश्चिम सडकले नेपाली भूभाग डुवानमा पर्ने भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप