बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

करको दर नबढ्ने, रोजगारी सृजना गर्ने गरी आज यस्तो आउँदैछ बजेट

बिहीबार, १५ जेठ २०७७, ०८ : ५९
बिहीबार, १५ जेठ २०७७

कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र पुनर्उत्थान गर्ने गरी अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसदमा आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण पेश गर्नेछ । यो बजेटले करको दर नबढाउने भएको छ । कोरोनाका कारण थलिएको व्यापार व्यवसायलाई कर छुट दिइनेछ । यद्यपि मदिरा तथा सुर्तीजन्य पदार्थको भने करको दर बढ्नेछ । स्रोतको दबाबका बीचमा ल्याइएको बजेटको आकार सानो हुनेछ ।

यसैगरी फजुल खर्च कटौती गरिनेछ । जसमा तालिम गोष्ठी लगायतको खर्च कटौती हुनेछ । संसद विकास कोषको नामले परिचित स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले निरन्तरता पाउनेछ । कृषि, स्वास्थ्य तथा रोजगारीले बजेटमा प्राथमिकता पाउनेछ । श्रम बैंकको अवधारणा अघि सारेर सो मार्फत रोजगार सृजनाका लागि बजेटले सम्बोधन गर्नेछ ।

कोरोनाले थलिएका क्षेत्र तथा व्यक्तिका लागि राहत अथवा सहुलियतको व्यवस्था समेत बजेटमा हुनेछ । अधुरा आयोजना तथा अत्यावश्यकीय नयाँ कार्यक्रम समावेश हुनेछ । स्वदेशी वस्तु उपभोगका लागि आयातित वस्तु प्रतिस्थापनको नीति बजेटले सम्बोधन गर्नेछ ।

अघिल्ला वर्षभन्दा फरक परिस्थितिमा आउने बजेटको प्राथमिकता सो परिस्थिति अनुरुप हुनेछ । रोजगारी तथा स्वरोजगारका लागि युवाहरुलाई अनुदान तथा सहुलियतको विशेष व्यवस्था हुनेछ ।

सरकारको तर्फबाट राष्टपतिले जेठ २ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट आउनेछ । बजेट कस्तो हुनेछ भन्ने विषय नीति तथा कार्यक्रमले स्पष्ट पारिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप