३४ पत्रकारको सामूहिक कोरोना बिमा
तेह्रथुम । तेह्रथुमका ३४ जना क्रियाशील पत्रकाहरुको सामूहिक कोरोना बिमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाको समन्वयमा मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति लक्ष्मीनारायण मिश्रले आमा स्वर्गीय लक्ष्मीदेवीको स्मृतिमा पत्रकारको कोरोना बिमा गरिदिएका हुन् ।
मिश्रले कोरोना महामारीका बेला जिल्ला र जिल्लाबाहिर गएरसमेत अग्रपङ्क्तिमा रहेर काम गरिरहेका तेह्रथुमे पत्रकारको कोरोना बिमा गरिदिएका हुन् । जिल्लाका १३ जना, जिल्ला बाहिर गएर पत्रकारिता गरिरहेका १४ जना र समृद्ध तेह्रथुमका लागि अभियानद्वारा सञ्चालित रेडियो तेह्रथुमका ७ जना गरी ३४ जना पत्रकारको एक–एक लाख रुपैयाँको वार्षिक बिमा गरिएका पत्रकार महासङ्घका सभापति नरेश ढुङ्गानाले जानकारी दिए । बिमाका कारण अग्रपङ्क्तिमा बसेर पत्रकारिता गरिरहेका पत्रकारलाई हौसला मिलेको उनले बताए ।
गणतन्त्र दिवसका दिन विहीबार बिमालेख हस्तान्तरण गर्दै मिश्रले भने, ‘महामारीका बेला स्वास्थ्य, सुरक्षा, सञ्चार र निजामती सेवा क्षेत्र अग्रपङ्क्तिमा रहेर खटिएको छ तर सञ्चारबाहेकको क्षेत्रलाई मात्रै राज्यले सेवा सुविधाको व्यवस्था गरेको छ, त्यसैले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारहरुको बिमा गरिदिन प्रोत्साहित भएँ ।’ मिश्रकी आमा लक्ष्मीदेवीको गत वर्ष ९० वर्षको उमेरमा देहावसान भएको थियो । मिश्र जिल्लामा क्रियाशील सञ्चार गैरसरकारी संस्था समृद्ध तेह्रथुमका लागि अभियानका निर्देशकका कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्क मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव