केन्द्रीय संस्करण

प्रदेश नम्बर २ मा थप ७६ जनामा कोरोना पुष्टि, जनकपुरमा आइसोलेसनको अभाव

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0

जनकपुर । प्रदेश नम्बर २ मा बिहीबार बिहानसम्ममा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ७६ मध्ये सबैभन्दा बढी धनुषा जिल्लामा २९ जना रहेका छन् । यस प्रदेशमा मात्रै कोरोना संक्रमितहरुको संख्या ४ सय भन्दा बढी पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता विजय झाले जानकारी दिए ।

धनुषामा संक्रमित भएकाहरुमध्ये २० जना लक्ष्मीनिया गाउँपालिकाको २० जना र ९ जना अन्य स्थानको रहेको बताइएको छ । संक्रमित सबैजना क्वारेन्टाइनमा रहेकाहरु नै हुन् । त्यस्तै महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता झाले जानकारी दिए ।

महोत्तरीको १७ जना संक्रमित जलेश्वर नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले जनाएको छ । त्यस्तै, सिरहाको संक्रमितहरुमध्ये बरियारपटीका ५ जना रहेका छन् भने १ जना अन्य स्थानका रहेका छन् । सर्लाहीको मलंगवा क्वारेन्टाइनमा रहेका ७ जना र सप्तरीको १४ जना संक्रमित बोदेबर्साइन नगरपालिका स्थित क्वारेन्टाइनका रहेका छन् ।

यता, धनुषा लगायतका जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेपछि आइसोलेसनको अभाव भएको छ । आइसोलेसनको अभावसँगै अहिले धनुषा, महोत्तरी, सर्लाहीका संक्रमितहरुलाई राख्नका लागि आइसोलेसन विस्तार गर्न तर्फ प्रदेश सरकारले लागि परेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.