रौतहटका ५ सय परिवारलाई ग्यास र चुुल्हो वितरण
रौतहट । नेकपा प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभुु साहको पहलमा रौतहटको फतुवा विजयपुर नगरक्षेत्रमा पाँचसय परिवारलाई ग्यास सिलिण्डर तथा चुुल्हो वितरण सुरु भएको छ ।
मौलापुर नगरप्रमुख रिना कुमारी साह, फतुवा विजयपुरकी उपप्रमुख कान्ती महतोले एक समारोहका बीच सामाजिक दुुरी कायमसहित फतुवा बिजयपुर वडा १ मा ग्याँस सिलिण्डर तथा चुल्हो वितरण गरेका हुन् ।
निर्वाचनको समय क्षेत्र ३ लाई धुुँवामुक्त क्षेत्र बनाउने सांसद साहले गरेको घोषणालाई मुुर्तरुप दिन पाँचसय गरिब तथा विपन्न परिवारलाई ग्याँस सहितको सिलिण्डर तथा चुल्हो वितरण सुरु गरिएको कार्यक्रममा सहभागी नेकपा प्रदेश २ का सदस्य त्रिभुवन साहले जानकारी दिए ।
घोषणा अनुसार हालसम्म वडा १ को घुुसुकपुर,बाँकेपुर टोलमा वितरण भइसकेको र गमहयिाटोलमा वितरण जारी रहेको प्रदेश कमिटी सदस्य साहले बताए ।
यसैबीच मौलापुर नगरप्रमुख रिनाकुुमारी साहले वडा २ चिरचिरिया टोलमा एक समारोहका बीच अस्पताल भवनको सिलान्यास गरेकी छिन् ।