शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको ६६ दिन पुग्यो, जेठ २० पछि के होला ?

बिहीबार, १५ जेठ २०७७, १२ : ३५
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरिएको लकडाउनको आज ६६ दिन पुगेको छ । 

लकडाउनका कारण काठमाडौं उपत्यकाका मुख्य सडकमा अत्यावश्यक सेवाका सवारी साधन र पासबाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन् ।

 मानिसहरुको आवागमन पनि देखिँदैन । संक्रमितको संख्या बढ्दै गएपछि प्रहरीले सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ । 

अत्यावश्यक सेवा र सवारी पास नलिइ सवारी चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिइ कारबाही गरेको छ । उपत्यकाका मुख्य सडक बाहेक भित्री सडकमा पनि लकडाउनको पालना भएको पाइएको छ । 

खाद्यान्न तथा तरकारीका पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर खाद्य सामग्री तथा तरकारी किनमेल गर्ने गरेका छन् ।

 दुई महिना भन्दा बढी समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ । तर संक्रमणको जोखिम उच्च बन्दै गएका कारण मानिसहरु घर बाहिर निस्किएका छैनन् ।  गत चैत ११ गते देखि जारी रहेको लकडाउनको समय अवधि जेठ २० गते सम्मका लागि तोकिएको छ । कोरोना संक्रमित बढ्दै गएको तथा थप जोखिम बढेकाले जेठ २० पछि पनि लकडाउन जारी रहनसक्ने सरकारी अधिकारीहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप