शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा ८ जना थपिएसँगै कर्णालीमा पुगे ४६ कोरोना संक्रमित

बिहीबार, १५ जेठ २०७७, १२ : ३८
बिहीबार, १५ जेठ २०७७

काठमाडौँ । दैलेखमा थप आठ जनामा कोरोना संंक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार बिहान ११ वजेको अध्यवधिक विवरण अनुसार कर्णालीमा कोरोना संक्रमितको संख्या ४६ पुगेको हो । 

पछिल्लो पटक संक्रमण पुष्टि भएका आठै जना दैलेख जिल्लाका रहेका छन् । उनीहरु दैलेखको नारायण नगरपालिका–१ का २६ वर्षका पुरुष वडानम्बर ३ का १९,३०,३६ र ४० वर्षका पुरुष छन् भने चारका १ पुरुष र १ महिला तथा ५ का १७ वर्षका १ पुरुष रहेका छन् । उनीहरु स्वाथ्यकर्मीको सम्पर्कमा रहेका मन्त्रालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप