बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन महिना नपुग्दै स्वास्थ्य सचिव कोइरालाको सरुवा

बिहीबार, १५ जेठ २०७७, १३ : २१
बिहीबार, १५ जेठ २०७७

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरवा भएको छ । तीन महिना नपुग्दै कोइरालाको प्रधानमन्त्रीको कार्यालयमा सरुवा भएको हो । 

सचिव कोइरालालाई फागुन १८ मा स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको थियो । स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी पाएसँगै कोइराला विवादमा फस्दै आएका थिए । 

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सचिव कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाउने निर्णय गरेको हो । 

कोइरालाको ठाउँमा आएका सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत थिए । सचिव अर्यालले आइतबारदेखि स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने बताइएको छ । 

केही महिनाअघि सचिव कोइराला र पूर्वसचिव भीम उपाध्यायबीच सामाजिक सञ्जालमै चर्काचर्की समेत भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप