कोरोनाका कारण ३४ वर्षीय सैनिकको मृत्युपछि डाक्टरले उनकी आमालाई पनि बचाउन सकेनन्
अमेरिकामा एक ३४ वर्षका सैनिक सिमोन जमूदिओको हालै कोभिड–१९ का कारण मृत्यु भएको छ । अब उनकी ७० वर्षीया आमाको पनि यो महामारीका कारण मृत्यु भएको छ ।
अमेरिकाको एरिजोनामा जन्मिएका सिमोन र उनकी आमाको मृत्यु भएपछि अब घरमा उनकी श्रीमती र ११ महिनाकी एक छोरी छिन् ।
स्थानीय मिडियालाई सिमोनको परिवारले सिमोनका बुवाको पनि निकै कम उमेरमा मृत्यु भएको जानकारी दिए । उनीहरुका अनुसार बुवाको मृत्यु हुँदा सिमोन एक वर्षका मात्रै थिए ।
परिवारका अनुसार सिमानेले कोभिड–१९ सँग लड्नका लागि मात्र आठ दिनको समय पाए ।
वास्तवमा, सिमोन आफ्नी आमालाई अस्पताल भर्ना गराउन गएका थिए जहाँबाट उनी पनि संक्रमित भए ।
परिवारका अनुसार सुरुका तीन दिनसम्म निकै हल्का लक्षण थियो, उनी एक स्वस्थ पुरुष थिए तर स्थिती तीब्र रुपमा परिवर्तन भयो ।
मिडियासँगको कुराकानीमा सिमोनकी दिदी एलिसियाले भनिन्, ‘तीन महिना अघिसम्म पनि हामी कोभिड–१९ छ भनेर विश्वास नै गरिरहेका थिएनौं । तर यो महामारीको यसरी मूल्य चुकाउनुपर्छ भनेर हाम्रो परिवारले सोचेको पनि थिएन । जसले कोभिड–१९ लाई झुटो मानिरहेका छन्, उनीहरुले बुझुन् कि यो कति खतरनाक छ ।’
स्रोतः बीबीसी