बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्याङ्जाकी कोरोना संक्रमित महिलालाई पोखरा ल्याइयो

बिहीबार, १५ जेठ २०७७, १३ : ३७
बिहीबार, १५ जेठ २०७७

पोखरा । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारको लागि पोखरा ल्याइएको छ । बिहीबार बिहान कोरोना पुष्टि भएका स्याङ्जाका ३ जना संक्रमितमध्ये ३९ वर्षिय महिलालाई उपचारका लागि पोखरा ल्याइएको हो । 

स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माका अनुसार आइसोलेसनका अभाव भएकाले स्याङ्जाकी संक्रमितलाई पोखरा ल्याइएको हो । अहिले उनको अवस्था सामान्य रहेकाे उनको भनाइ छ ।

स्याङ्जामा पछिल्लो तथ्यांक अनुसार ५ जना संक्रमित भेटिएका छन् । ती सबै वालिङ नगरपालिकाका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप