प्युठानमा चट्याङ लागेर बालकको मृत्यु
बिहीबार, १५ जेठ २०७७, १४ : ३९
प्युठान । प्युठानमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको गौमुखी गाउँपालिका वडा नं ६ धाराटोलका ११ वर्षीय दीपक सुनारको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार दिउँसो परेको हावा हुरी र वर्षासँगै परेको चट्याङ लागेर घाइते भएका बालकलाई उपचारका लागि स्वास्थ्यचौकी लिबाङ लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
चट्याङमा परी सोही ठाउँका २५ वर्षीय सुरेश विक घाइते हुनुभएको प्रमुख कार्कीले बताए । विकको टाउकामा चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूपू गोर्खाहरूको माग सम्बोधन गर्न बसेको चौथो वार्ता पनि निष्कर्षविहीन
-
काठमाडौँका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम
-
मन्त्रिपरिषद् पुनर्गठन गर्दा यस्तो बन्यो शालिकरामको टिम (सूचीसहित)
-
एसईई परीक्षामा चिट चोराएको आरोपमा दुई जना पक्राउ
-
मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?
-
हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छ : ओली