शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशसमा दुई विधेयक टेबुल

बिहीबार, १५ जेठ २०७७, १६ : ४६
बिहीबार, १५ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको छैठौं अधिवेशनको तेस्रो बैठेकमा दुई विधेयक टेबुल भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले प्रस्ताव गर्नुभएको आर्थिक कार्यविधि पहिलो संशोधन अध्यादेश २०७७ सभा समक्ष टेबुल भएको छ भने आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्वन्धि ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ सभामा टेबुल भएको छ ।

त्यसैगरी मन्त्री बोहराले आव २०७७/०७८ को पूर्व बजेट छलफलका लागी तयार पारिएको दस्तावेजमाथि सभामा छलफल गरियोस् भनि प्रदेशसभा नियमावली २०७४ को नियम १३३ को उपनियम २ बमोजिम प्रस्ताव पेस भएको छ । सभामा छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । स्वीकृत भएको सो प्रस्ताव मा प्रदेशसभा सदस्य पूर्णा जोशी, भरत खडका, गोविन्दराज बोहोरा, लिलाधर भट्ट, मानबहादुर धामी र कृष्णबहादुर चौधरीले धारणा राखेका छन् । उनीहरुले अबको नीति तथा कार्यक्रममा रोग, भोक र रोजगारलाई प्राथामिक्तामा राखेर कार्यान्वयन गर्नुपर्ने बताए । अर्को बैठक भोली ८ बजे बस्ने जनाइएको छ ।

कोभिड–१९ को रोकथामका प्रयास
सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी ले कोभिड–१९ को रोकथामका प्रयास र उपलब्धीका सम्वन्धमा सदनलाई जानकारी दिएका छन् । आज छैटौं अधिवेशनको तेश्रो बैठकमा उनले हालसम्म महामारी रोकथामका लागी मन्त्रालयले गरेको काम कार्वाहीका वारेमा सदनलाई जानकारी दिएका हुन् । उनले भारतबाट नेपाल प्रवेश गरेका नेपालीलाई सम्वन्धित स्थानिय निकायको कवारेन्टाईनमा बसाउने गरि मन्त्रालयले पठाउने काम गरेको बताए । उनले हाल सम्म २६०७८ जनाको आरडिटी र पिसिआर विधिवाट जाँच गरिएको बताए ।

प्रदेशमा  कोभिड–१९ का  संक्रमित २० जना पुगेको र यसअघि ५ जना निको भई घर गइसकेको उनले बताए । उनले भारतबाट आउने नेपाली नागरिकलाई गन्तव्यसम्म पुर्याउन खानाको प्रबन्ध नाकामा नै गर्ने गरेको प्रस्ट पारे । उनले भारतबाट आउने नेपालीहरुबाट उच्च जोखिम बढेको बताए । भारतबाट आएका नेपालीबाट नयाँ संक्रमण थपिँदै जानुले चुनौती थपिँदै गए पनि त्यस्को रोकथाम नियन्त्रण व्यवस्थापनमा मन्त्रालय गम्भीर रुपमा लागेको उनले बताए ।  ६ जना सेती प्रादेशिक अस्पताल, ४ जना टिकापुर जिल्ला अस्पताल वैतडी र डडेल्धुरा अस्पतालको आइसोलेसनमा  २ जना गरि १२ जना संक्रमितको उपचार भइरहेको उनले बताए । नया थप ३ जना संक्रमितमध्ये २ जना टिकापुर १ जना दार्चुला अस्पतालमा उपचार भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप