शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगीलाई एक खर्बसम्मको पुनःकर्जा, श्रमिकका लागि खाद्यान्नमा राहत

बिहीबार, १५ जेठ २०७७, १६ : ५८
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७–७८ को बजेटले कोरोनाका कारण प्रभावित निजी क्षेत्र, उद्योग व्यवसायी र प्रभावित श्रमिकहरुलाई विशेष राहत प्याकेज ल्याएको छ ।

 बिहीबार संघीय संसदमा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कोरोना प्रभावित निजी क्षेत्रका लागि आर्थिक उत्थानका लागि ५० अर्ब बराबरको आर्थिक कोष र लघु, घरेलु तथा साना उद्योग तथा मझौंला उद्योगहरुका लागि एक खर्ब बराबरको पुनर्कर्जाको व्यवस्था गरेको बताएका छन् । 

त्यस्तै, कोरोबाट प्रभावित श्रमिकहरुका लागि न्यूनत तलबको एकचौथाई रकम खाद्यान्नमा राहत अनुदान दिने जनाएका छन् । 

कोरोनाको मारमा परेका उद्योग व्यवसायीहरुलाई विद्युत महसुलमा ५० प्रतिशतको छुटको व्यवस्था गरेको समेत मन्त्री खतिवडाको भनाइ छ । 

यसका साथै कोरोना राहत प्याकेज अन्तरगत सरकारले प्रदान गरेको निजी क्षेत्रमा २ प्रतिशत ब्याजको कर्जाका लागि समेत थप ५० करोड  व्यवस्था गरेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप