शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड ५ फिल्मी हिरो, जो कोरोनाको कहरमा बने रियल हिरो

बिहीबार, १५ जेठ २०७७, १७ : १२
बिहीबार, १५ जेठ २०७७

मुम्बई । कोरोनाको कहरका कारण भारत सरकारले गरेको लकडाउनमा मजुदरदेखि सर्वसाधारणसम्म पीडित बन्न पुगे । यो मुस्किलको घडीमा केही बलिउड आम मानिसको सहयोगमा सबैभन्दा अगाडि देखिए । फिल्मी पर्दाका ती ५ हिरो, जो कोरोना कहरको समय सर्वसाधारणको मद्दत गरेर साबित भए  रियल हिरो ।

सोनु सुद:

कोरोना संकटको समय अभिनेता सोनु सुद आम मानिसका लागि भागवान भन्दा कम साबित भएनन् । प्रवासी मजदुरलाई मुम्बईबाट घर पठाउने काममै उनी यो समय धेरै ब्यस्त भए ।  यसको अलवा उनले ४५ हजार मानिसका लागि खाना र कोरोनाबाट सर्वसाधारणको रक्षा गर्न दिनरात खटिने मेडिकल स्टाफका लागि होटल पनि खोलिदिए ।

सलमान खान :

सलमान खान जहिले पनि दोस्रोको मद्दतका लागि अगाडि बढ्ने अभिनेता हुन् । कोरोनाको महामारीको समय उनले २५०० हजार कामदारको बैंक खातामा २ किस्तामा ३, ३ हजार भारु हालिदिए । त्यसको अलवा केही गाउँका मानिसका लागि राशन पनि उपलब्ध गराए । उनले ईदको अवसरमा ५०० परिवारलाई फुट किट्स समेत बाँडेका थिए ।

अक्षयकुमार: 

कोरोना महामारीको मुस्किलको समय बलिउडका खेलाडी कुमार अक्षयकुमारले प्रधानमन्त्री फन्ड कोसमा २५ करोड भारु दान दिए । उनले पुलिसलाई २ करोड र मुम्बई नगर निगमका लागि ३ करोड भारु समेत  सहयोग गरेका थिए ।
शाहरुख खान: 

कोरोनाको संकटको समय अभिनेता शाहरुख खान मात्र एक यस्तो स्टार थिए । जो अनेक तरिकाले आम मानिसको मद्दत गदर्थे । उनले दिल्लीको सरकारी फन्डमा र संगठनलाई समेत सहयोग गरे । २५ हजार पीपीई किट दान गरे । उनले खानेकुराको प्याकेट समेत बाँडे । यसको अलवा मुम्बईमा रहेको आफ्नो चार मन्जिला अफिस समेत क्वारेन्टाइन सेन्टर बनाउन सहयोग गरे ।

ऋतिक रोशन:
कोरोनाको यो महामारीमा अभिनेता ऋतिकले पनि मानिसको धेरै मद्दत गरे । उनले सहायता निधिमा पनि २० लाख भारु सहयोग दिएका थिए । मुम्बई पुलिसका लागि ह्यान्ड स्यानिटाइजर समेत दिएका उनले प्रोफेशनल फोटो ग्राफरका १ लाख मानिसलाई समेत खाना खुवाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप