शिक्षामा १ खर्ब ७१ अर्ब बजेट बिनियोजन
बिहीबार, १५ जेठ २०७७, १७ : ३६
सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ ।
निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड दिइने बजेट भाषणमा भनिएको छ । विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको छ ।
सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न दिवा खाजा कार्यक्रमका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् ।
मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ । यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब बजेट विनियोजन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ
-
देउवाले सहकारी विभागमा मनोनयन गरे १० सदस्य
-
प्रथम नेशनल हर्टिकल्चर एक्स्पो सुरु
-
एसईईको प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
-
हावाबाट हजारौँ क्षेत्रफलसम्म फैलने ‘टीटीकेटीटी’ रोग : गहुँ बालीलाई कसरी जोगाउने ?
-
आईपीएलमा आज : नौ वर्षपछि घरेलु मैदानमा कोलकातालाई हराउने धुनमा बैंगलुरु