केन्द्रीय संस्करण

कोरोना भाइरसबाट विश्वमा ३ लाख ४९ हजारको मृत्यु  ५५ लाख संक्रमित

person explore access_timeजेठ १५, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ५८१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ४९ हजार ९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ । 

गत २४ घण्टामा ८४ हजार ३१४ जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५४ लाख हजार ८८ हजार ८२५ पुगेको डब्लुएचओले जानकारी दिएको हो । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले उत्तर र दक्षिण अमेरिकालाई अत्यन्त  प्रभावित बनाएको छ । यहाँ २४ लाख ९५ हजार ९२४ जना संक्रमति  रहेका छन् भने, १ लाख ४५ हजार ८१० जनाको मृत्यु भएको छ । 

युरोपमा २० लाख ६१ हजार ८२६ संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार २२६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १६ लाख ३४ हजार १० जनामा कोरोना भाइरस संक्रमण रहेको जनाइएको छ ।  विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ । –एएनआई
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.