बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बजेटबारे के भन्छन् उद्योगी व्यवसायी ?

बिहीबार, १५ जेठ २०७७, १९ : २९
बिहीबार, १५ जेठ २०७७

काठमाडौं । उद्योगी व्यवसायीहरुले कोरोना भाइरसबाट असर परेको अर्थतन्त्रलाई सहयोग पुर्याउने गरी बजेट आएको प्रतिक्रिया दिएका छन् । नेपाल चेम्बर अफ कमर्सका अधयक्ष राजेशकाजी श्रेष्ठले कोरोनाको संक्रमणबाट मानव जीवन बचाउने गरी बजेट आएकोले स्वागत योग्य भएको बताए । उत्पादनका लागि आउनुपर्ने कार्यक्रम भने अपेक्षा अनुसार आउन नसकेको उनले बताए ।

यस्तै कृषि, उत्पादन, रोजगारी सबै क्षेत्रलाई समेटिएको तर कार्यान्वयनमा अझैपनि आशंका गर्ने ठाउँ रहेको बताए । तर कोरोनाबाट अर्थतन्त्रमा पर्ने असरका लागि छुट्याएको रकम ५० अर्ब रकम न्यून भएको उनले बताए । कोरोनाबाट भएको क्षति कम गर्न सबै क्षेत्रलाई समेटेको छ तर विनियोजन गरेको बजेट अझै अपुग हुने लागेको उनले बताए । उनले उद्योगी व्यवसायीको सुझावअनुसार विद्युतमा छुट दिइएको बताए । स्वास्थ्य क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट आएकोले स्वागत योग्य भएको उनले बताए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बजेट लगानी अभिवृद्धि गर्ने विषयमा केन्द्रीत भएको बताए । रोजगारी सिर्जनाका लागि लगानी बढाउने विषयमा आएका विषयहरु राम्रो भएको बताए । बाहिरबाट आउने व्यक्तिहरुलाई कृषिमा लगाउने र कृषिलाई आधुनिकीकरण गर्ने विषय समेत समावेश भएको उनले बताए । स्वास्थ्य क्षेत्रमा कसरी अगाडी बढने विषय समेत प्रष्टसँग  समेटिएको बताए । उनले विस्तृतमा अध्ययन गरेपछि परिसंघले आफ्नो धारणा बनाउने समेत बताए ।

होटल संघका पूर्व अध्यक्ष विनायक शाहले कोरोना भाइरसका कारण सबैभन्दा बढी संकटमा परेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि बजेटले उपयुक्त कार्यक्रम ल्याएको बताए । होटल क्षेत्रलगायत समग्र पर्यटन क्षेत्रको पुर्नरुत्थानका लागि बजेटले धेरै कुरा समेटेको बताए । व्यवसायीहरुको ऋणको ब्याज र साँवा तिर्नका लागि ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने गरी ५० अर्बको पुर्नरुत्थान कोष र एक खर्बको पुनर्संरचना कोष ल्याउनु सकारात्मक भएको उनले बताए । यस्तै उद्योग तथा प्रतिष्ठानमा काम गर्ने कर्मचारीको लागि समेत उचित व्यवस्था गरिएको बताए ।

कर र महसुल छुटका कुरा पनि सकारात्मक रहेको उनले बताए । आन्तरिक पर्यटन विकासका लागि देश दर्शनको कार्यक्रम ल्याएको छ, एयरपोर्टको स्तरउन्नती गर्ने, पर्यटनका नयाँ गन्तव्य विकास गर्ने लगायतका कुरा आएकाले बजेट स्वागतयोग्य छ । नीति कार्यक्रमहरु राम्रो आएको तर कार्यान्वयन पक्षमा चुनौति रहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप