शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा पनि भेटिए कोरोनाभाइरस संक्रमित, गण्डकी प्रदेशमा संक्रमितको संख्या १७ पुग्यो

बिहीबार, १५ जेठ २०७७, २१ : ०१
बिहीबार, १५ जेठ २०७७

कास्की । म्याग्दीमा पहिलो पटक एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

म्याग्दीको मालिका गाउँपालिका ठेगाना भइ बेनी नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनलाई बेनीस्थित आइसोलेसन कक्षमा राख्ने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम निर्देशक डा विनोद बिन्दु शर्माले जानकारी दिए । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप