शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रृंखला खतिवडाले सार्वजनिक गरिन् नयाँ सेनेटरी प्याड ब्राण्ड ‘प्याडिलक्स’

बिहीबार, १५ जेठ २०७७, २१ : १७
बिहीबार, १५ जेठ २०७७

काठमाडौं– नेपाल लगायत पुरै विश्व कोरोनाको प्रभावमा जकडिएकै समयमा अन्तर्राष्ट्रिय महिनावारी स्वास्थ्य दिवसको अवसर पारेर हेल्थ एन्ड हाइजिन प्रडक्ट प्रालिले नेपालमा नयाँ सेनेटरी प्याड ब्राण्ड ‘प्याडिलक्स’ सार्वजनिक गरेको छ । 

नेपाली मार्केटिङ एण्ड एडभर्टाइजिङको इतिहासमै पहिलो पटक र त्यो पनि सरकारले जारी गरेको सुरक्षा निर्देशन र लकडाउनको पूर्ण पालना गरी अनलाइन माध्यमबाट बिहीबार नयाँ ब्राण्ड सार्वजनिक गरिएको हो ।

मिस नेपाल २०१८ तथा महिला स्वास्थ्यकी अभियन्ता श्रृंखला खतिवडाले आफ्नै घरबाट प्याडिलक्स ब्राण्डका सेनेटरी प्याड सार्वजनिक गरेकी हुन् । ‘मलाई विश्वास छ, प्याडिलक्स एउटा अर्को सेनेटरी ब्राण्डमा मात्र सिमित हुने छैन । यो ब्राण्डले नेपालमा महिनावारीलाई हेरिने रवैयालाई परिवर्तन गर्ने एउटा बुलन्द आवाजको नेतृत्व गर्नेछ,’ प्याडिलक्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएको समारोहमा श्रृंखला खतिवडाले भनिन् ।

महिनावारीको समयमा महिलालाई सुख्खापनको अनुभुति दिलाउने उद्देश्यले प्याडिलक्स सेनेटरी प्याडको डिजाइन गरिएको छ । यी प्याडहरुको उत्पादन मोरङको कठारीस्थित कम्पनीको विश्वस्तीय प्लान्टमा सर्वोत्कृष्ट कच्चा पदार्थ, प्रविधि र प्याकेजिङबाट गरिएको कम्पनीको दावी छ । प्याडिलक्सले भारी बहावमा समेत सुख्खापनको अनुभव दिलाउनुका साथै शत प्रतिशत सुरक्षा प्रत्याभुत गर्ने कम्पनीले बताएको छ ।

हेल्थ एन्ड हाईजिन प्रडक्टका प्रमुख कार्यकारी अधिकृत राकेश लाहोतीले भने, ‘आजको दिनमा पनि महिनावारी प्रक्रियालाई असामान्य र फोहोरको रुपमा लिइन्छ । यस्तो सोचलाई अब तोड्ने बेला भएको छ । यो हाम्रो लागि व्यवसाय मात्र होइन, महिला स्वास्थ्यको हितका लागि हाम्रो अभियान हो । त्यसैले, प्याडिलक्सलाई सार्वजनिक पाउँदा हामी निकै उत्साहित छौं । थोरै पैसामा सर्वोत्कृष्ट कच्चा पदार्थबाट निर्मित विश्वस्तरीय सेनेटरी प्याड उपलब्ध गराउन प्रतिबद्ध छौं । हामीलाई आशा छ, हाम्रा उत्पादनले भारत र चीन लगायतका मुलुकबाट हुने महङ्गा प्याडको आयातलाई घटाउनेछ ।’

प्याडिलक्समा उच्च गुणस्तरको ‘जेल’, नरम र मुलायम सामग्री तथा चुहावट रोक्न ‘विंग्स’ प्रयोग गरिएको छ । यसले सहज र सदा ताजगीपनको आभाष दिलाउँछ । यसको ‘एन्टि–लक कोर’ले तरल पदार्थलाई ‘लक’ गर्नुका साथै छालालाई चिरचिरापन र जलनबाट बचाउँछ ।

बजारमा प्याडिलक्स ‘प्याडिलक्स अल्ट्रा’, ‘प्याडिलक्स कम्फर्ट’ र ‘प्याडिलक्स रेगुलर’ गरी तीन भेरियन्टमा उपलब्ध छ । २४० एमएम, २८० एमएम र ३२० एमएम गरी तीन वटा साइजमा पाइने प्याडिलक्सको बजार मूल्य ४० देखि १०० सम्म तोकिएको छ । 

हेल्थ एन्ड हाईजिन प्रडक्टले निकट भविष्यमा नेपाली बजारका लागि ‘एडल्ट डाइपर’, ‘पेन्टीलाइनर’ र ‘वेट–वाइप’ पनि ल्याउने घोषणा गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप