शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना संक्रमितसँगै बसेका गुल्मीका ४२ जनाको रिपोर्ट नेगेटिभ

बिहीबार, १५ जेठ २०७७, २१ : ४६
बिहीबार, १५ जेठ २०७७

गुल्मी । केही दिनअघि गुल्मीको सदरमुकामको बैठकको जमघटमा कोरोना संक्रमित एक जना जनप्रतिनिधीसँग बसेका ४४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।  त्यस मध्ये धेरै जसो जनप्रतिनिधी, डाक्टर, कर्मचारी र सञ्चारकर्मीहरु थिए ।

उनीहरुको स्वाब परीक्षणका लागि प्रदेशको प्रयोगशालामा पठाईएको पठाइएका ४४  जना कै रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पतालको मेडिकल सुपरिडेन्डेन डाक्टर उत्तम पाच्याले जानकारी दिए ।  त्यस दिन जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुली, सिडियो भरतकुमार शर्मा लगायत पनि थिए ।

ती सबैको रिपोर्ट नेगेटिभ आएको हो । त्यस दिन जम्मा भएका र स्वाब परिक्षण गर्न छुटेकाहरुलाई अब छिटै बोलाएर पठाइने डाक्टर पाच्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप