शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ६५ पुग्यो

बिहीबार, १५ जेठ २०७७, २२ : १९
बिहीबार, १५ जेठ २०७७

लण्डन । बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीहरुको संख्या ६५ पुगेको नेपाली दूतावास लन्डनले पुष्टि गरेको छ । नेपाली दूतावास लन्डनका प्रवक्ता शरदराज आरनले दिएको पछिल्लो जानकारीअनुसार हालसम्म बेलायतमा कोरोनाका कारण ६५ जना नेपालीहरुको निधन भएको पुष्टी भएको हो । मृत्यु हुनेहरुमा ५४ जना पुरुष र ११ जना महिला रहेका छन् ।

सबैभन्दा बढी मृत्यु हुनेहरुमा भूतपूर्व गोर्खा सैनिक तथा तिनका परिवारका सदस्यहरु  रहेका छन् । अहिलेसम्म ५४ जना पूर्व गोर्खा सैनिक तथा तिनका परिवार र ११ जना गैर गोर्खाहरु रहेको दूतावासले जानकारी दिएको छ । हालसम्म बेलायतको सबैभन्दा कम उमेरमा कोरोनाको संक्रमणका  कारण निधन हुनेमा बेलायतको ननिटन निवासी ३२ वर्षीय बिमा नाछिरिंग राई रहेकी छन् । निधन हुनेमा प्राय ७० वर्षभन्दा माथिका रहेका छन् । कोरोनाका कारण ज्यान गुमाउनेहरुप्रति नेपाली दूतावास लन्डनले हार्दिक समवेदना व्यक्त गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप