भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ
अर्घाखाँची । भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको भारतकै डुम्रीयागंज भन्ने स्थानमा जेठ १० गते राति बसमै मृत्यु भएको थियो ।
त्यसपछि उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिए ।
ती युवासँगै आएका अरु ३ जना अर्घाखाद्वीमा भूमिकास्थानको क्वारेन्टाइन बसेका छन्। उनीहरुको पनि पीसीआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
कपिलवस्तुमा पोस्टमाटम पछि शव अर्घाखाँची लगेर अन्तिम संस्कार गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ