शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुकुम घटना : मृतक सबैको टाउकोमा चोट

शुक्रबार, १६ जेठ २०७७, ०६ : ५९
शुक्रबार, १६ जेठ २०७७

जाजरकोट – रुकुमपश्चिमको चौरहारीमा शनिबार भएको घटनामा मृतक सबैको टाउकोमा चोट देखिएको छ । 

बिहीबारसम्म फेला परेका पाँचजना मृतकको टाउकोमा चोट लागेको पाइएको हो । 

स्थानीयले फेला पारेका सबैको शवका टाउकोमा चोट रहेको बताएका छन् । घटनामा बेपत्ता भएका थप एकजना बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

भेरी नगरपालिका–४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभुर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए ।

खोजीमा संलग्न भेरी नगरपालिका ११ का मुक्ति आचार्यले शवको टाउको कुच्चिएको र अण्डकोष सुनिएको अवस्थामा फेला परेको बताए । 

भेरी नगरपालिका ११ का गोविन्द शाही अझै बेपत्ता छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेन्द्र कार्कीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप