शुक्रबारको मौसम पूर्वानुमान
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको र स्थानीय वायुको पनि प्रभाव रहेको जनाएको छ ।
यसैगरी, महाशाखाले हाल देशको पश्चिमी भूभाग लगायत मध्य तथा पुर्वी पहाडी भूभागमा सामान्य बदली रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यस्तै, शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनुका साथै देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भएअनुसार राति देशको पूर्वी ,मध्य र पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
साथै, पुर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा