बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित स्वास्थकर्मीका लागि छुट्टै आइसोलेसनको माग

शुक्रबार, १६ जेठ २०७७, १० : ४५
शुक्रबार, १६ जेठ २०७७

रौतहट – विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको  नियन्त्रणमा संसारमै सबैभन्दा अग्रस्थानमा रहेका छन्, स्वास्थकर्मी । 

कोरोना भारसको संक्रमणबाट जोगिन सबैले विभिन्न उपाय गरिरहँदा स्वास्थकर्मी भने आ–आफ्नो ज्यान जोखिममा राखेर मानवीय सेवामा जुटेका छन् ।

नेपालकै सन्दर्भमा पनि दर्जनौं स्वास्थकर्मी कोरोना संक्रमित हुँदा पनि चिकित्सकहरु उपचारलाई सेवा सम्झेर २४ घण्टा कोरोनासँग खेलिरहेका छन् । 

सामान्य बिरामीलाई उपचार भइरहेकै आइसोलेसनमा राखेर स्वास्थकर्मीको उपचार गर्दा उपचार गर्ने चिकित्सक तथा अन्य स्वास्थकर्मीलाई मानसिक तनावका साथै मनोबल खस्किने हुँदा छुट्टै आइसोलेसन हुनुपर्ने जिल्ला अस्पताल गौरका प्रमुख महेस साहले माग गरेका छन् । 

स्वास्थकर्मीको उपचार गर्न रौतहटका साथै देशको सबै जिल्लामा छुट्टै आइसोलेसन अभिलम्ब व्यवस्था गर्नुपर्ने प्रमुख साहले माग गरेका छन् । 

रौतहटको माधवनारायण नगरपालिका घर भएका बारामा कार्यरत एकजना स्वास्थकर्मी कोरोना संक्रमित भएका छन् । उनको गौर स्थित नर्सिङ क्याम्पसमा निर्माण भएको आइसोलेसनमा उपचार भइरहेको छ । 

उक्त आइसोलेसनमा उनीसँगै दर्जनौं संक्रमितको उपचार भइरहेको छ । संक्रमित स्वास्थकर्मीलाई भेट्न र अवस्था बारे बुझ्न् निकै सकस हुने भएको र मानसिक तनाव हुने भएकाले रौतहटकै जस्तो सबै ठाउँमा यहि समस्या रहेकाले छुट्टै आइसोलेसन बनाउन आवश्यक रहेको हेल्थल्याण्ड अस्पताल गरुडाका निर्देशक डाक्टर राकेश चौधरीको विचार रहेको छ । 

स्वास्थकर्मी , सुरक्षाकर्मी र संचारकर्मीलाई वर्तमान संकटको घडीमा तिनै तहका सरकारले विशेष ख्याल गर्नुपर्ने स्वास्थकर्मीहरुको माग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप