बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कर्मचारीबाटै कुटिए वडाअध्यक्ष

शुक्रबार, १६ जेठ २०७७, ११ : ३९
शुक्रबार, १६ जेठ २०७७

काठमाडौँ – डडेल्धुरामा सरकारी कर्मचारीले नै वडाअध्यक्षमाथि हातपात गरेका छन् । बिहीबार राति डडेल्धुराको अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात भएको हो । 

बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा खाएर वडाध्यक्ष भट्टमाथि हातपात गरेको प्रहरीले जनाएको छ । 

भारतबाट आएका व्यक्तिहरूलाई रेडक्रसको भवनमा क्वारेन्टाइनको व्यवस्था मिलाइरहेको समयमा वडाअध्यक्ष भट्टमाथि हातपात भएको हो । 

भारतबाट आएका ७२ जना बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि रेडक्रसको भवनमा क्वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरि आएका ऐरले गालीगलौचसहित हातपात गरेको वडाअध्यक्ष भट्टको दावी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप