बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनको आज ६७ औं दिनः मुलुकभरको जनजीवन थप कष्टकर बन्दै

शुक्रबार, १६ जेठ २०७७, १४ : ०१
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । आज (शुक्रबार) लकडाउनको ६७ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते देखि लकडाउन जारी गरेको छ । जेठ २० गते मंगलबार मध्यरात सम्मका लागि लकडाउनको अवधि तोकिएको छ ।

लामो समयसम्म लकडाउन भएपछि जनजीवन भने प्रभावित भएको छ । लकडाउनका कारण काठमाडौं उपत्यका भित्रका मुख्य सडकमा अत्यावश्यक ढुवानी तथा सेवाका सवारी साधन, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् । पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएपछि सुरक्षाकर्मीले सवारी साधन सञ्चालनमा कडाई गरेको छ ।

प्रहरीले अत्यावश्यक सेवा र सवारी पास नलिई सवारी चलाउनेलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरेको छ । मुख्य सडकमा मानिसहरुको आवागमन पनि न्यून देखिन्छ । उपत्यकाका भित्री सडक क्षेत्रमा रहेका खाद्य सामग्री तथा तरकारीका पसलहरु खुलेका छन् । मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर अत्यावश्यक खाद्य सामग्री खरिद गरेको देखिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङअनुसार नेपालमा कूल १ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण देखापरेको छ । जसमध्ये १ सय ८७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ । यस्तै कूल ६० हजार ९ सय १६ जनाको पीसीआर परीक्षण भएको छ । कूल ८६ हजार ५७ जना क्वारेन्टाइनमा रहेका छन् भने ८ सय ५० जना आइसोलेसनमा रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप