बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसएसबीले घर जान नदिँदा नेपालको सीमा नाकामा सैयौँ भारतीय नागरिक अलपत्र

शुक्रबार, १६ जेठ २०७७, १४ : ०२
शुक्रबार, १६ जेठ २०७७

जनकपुर । नेपाल–भारत सिमाक्षेत्र पर्ने धनुषाको दक्षिणवर्ती क्षेत्र जटही सीमा नाका स्थानीय प्रशासनले बन्द गरेपछि भारत जाने सयौँ मजदूरहरु बिचल्लीमा परेका छन् । गत बुधवार धनुषाका एक युवकको मृत्यु भएपछि बिहीवार जिल्ला प्रसाशन कार्यालय धनुषाले धनुषाको जटही र खजूरी नाका अनिश्चितकालका लागि बन्द गरेको छ ।

नेपालको विभिन्न स्थानबाट मजदुरी गर्दै आएका भारतीय नागरिकहरु आफ्नो देश फर्किन भनेर बालबालिका सहित स–परिवार धनुषाको जटही नाकामा पुगेका छन् । तर नाकाबाट भारत तर्फ प्रवेश गर्न लागेको देख्ने वित्तिकै भारतीय सीमा सुरक्षा बलले लखेटेपछि अहिले उनीहरु दशगज्जा क्षेत्रमै अलपत्र परेका छन् ।

टन्टलापुर घाममा ओत लाग्ने ठाउँको व्यवस्थाको अभावमा रुखमै ओत लागेर घर जानका लागि करिब साढे ३ सय भारतीय नागरिक अलपत्र परेका छन् ।

भारतीय एसएसबी फोर्सले घर जानका लागि भारत तर्फ प्रवेश गर्न नदिएको भन्दै जटही नाकामा पिडा खेपिरहेका भारतीय नागरिकले भारत सरकारको कडा आलोचना समेत गरेका छन् । आफूहरु भारतीय नागरिक भएपनि भारत सरकार भन्दा नेपाल प्रहरी र स्थानीवासीले नै खान बस्न प्रबन्ध गरेको उनीहरु बताउँछन् ।

काठमाडौँ लगायत विभिन्न ठाउँका ईटा भट्टामा कार्यरत सयौँ मजदूरलाई सीमानाकामा खटिएका भारतीय सीमा सुरक्षा बलले हातपात तथा गाली गलौज गर्दै मध्यरात दुव्र्यवहार गरेको मजदूरहरुले भारतीय एसएसबीमाथि आरोप समेत लगाएका छन् ।

भारतको बिहार दरभंगा जिल्लाका किरब ३ सय भन्दाबढी मजदुर आ–आफ्ना परिवारजनसहित सीमा क्षेत्र अवस्थित नेपाली भूमिमा शरण लिन बाध्य छन् । भोजन र पानीको व्यवस्था नेपालीहरुले नै गरि दिएको तर राति बस्ने स्थान नरहेकोले भारतीय मजदूर चिन्तित छन् ।

नेपाल प्रवेश गर्न तथा नेपालबाट भारत जानका लागि महोत्तरीको भिठ्ठामोड नाका र सिरहाको माडर नाकाबाट मात्रै व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी सरद पोखरेलले जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले– भारतीय पक्षले जान दिने वा न दिने त्यो म भन्न सक्दिँन, तर भारतबाट नेपाल धनुषा आउनेको हकमा भिठ्ठामोड र सिरहाको माडर नाका नै प्रयोग गर्दा हुन्छ ।

जटही सिमानाका स्थित दशगज्जा क्षेत्रमा दुधेबालबालिका देखि बयोवृद्धसम्म अलपत्र परेका छन् । जटही नाकामा उनीहरुलाई सशस्त्र प्रहरी र स्थानीयवासीले भोजन र नास्ताको व्यवस्था गरेको छ । स्थानीय राजु चौधरीको पहलमा जटही नाकामा भोजन सहितको व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप