केन्द्रीय संस्करण

गणतन्त्रका १२ वर्ष र नयाँ संकेतहरु

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0
फाइल फोटो

२०७७ साल जेठ १५ गते । तेह्रौं गणतन्त्र दिवस । नेपालको २३८ वर्षको राजतन्त्रलाई फालेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १२ वर्ष पुगेर १३ वर्ष लागेको दिन । गणतान्‍त्रिक सरकारको गृह मन्त्रालयले यो दिवसलाई ३ दिन सम्म दिपावली गरेर भव्य रुपमा मनाउने उर्दी जारी गरेको भन्ने सुनियो । सिंहदरवार, बालुवाटार, शितलनिवास आदिमा गरियो होला दीप प्रज्ज्वलन् ! कोरोना भाइरसले त्रस्त पारेको र विहान खाए बेलुका के खाउँ र लाला बालालाई के ख्वाउँ भन्ने चिन्ताले सताएर हत्तु भएका जनतालाई जाँगर चलेन कि दिपावली गरेर यो गणतन्त्रको खुसियाली मनाउने ? यताहुँदी कतै पनि दिपावली गरेको पाइएन ।


नेपालको राजनीतिमा पनि हरेक दश वा १२ वर्षमा परिवर्तन हुने गरेको इतिहासकारहरु चर्चा गर्ने गर्दछन् । लोकतान्त्रिक गणतन्त्र कै विषयमा चाहिँ यो कसरी लागु हुने हो, त्यो हेर्न भने बाँकी नै छ ।


लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाद्वारा राजतन्त्रको विस्थापनपछि नेपालमा निकै तरंगहरु पैदा भए । तर, यो व्यवस्था कै विषयमा, यसको विकल्प समेतमा गम्भीर र व्यापक किसिमले छलफल र वहस गर्ने मानिसहरुको चासो कमै देखिन्थ्यो । तर, यसपाली यो वहसले नेपालको राजनीतिमा निकै स्थान पाउन थालेको जस्तो अनुभूति हुन्छ । कोभिड १९ को सामना गर्ने सन्दर्भमा यसले प्रदर्शन गरेको असक्षमता र दरिद्रताले यसको यथार्थलाई उदांगो पारेर पनि होला । यो प्रकृयाले सिंगो १२ वर्ष पुरा गरिसकेको हुनाले पो हो कि ? नेपालमा १२ वर्षको समयअवधिको खासै महत्व हुने परिपाटी छ । कतिपय धार्मिक मेलाहरु १२ वर्षमा एकपल्ट आउँछन् । काठमाडौं उपत्यकामा हरेक १२ वर्षमा लाग्ने भव्य गोदावरी मेला त हामीले देखेकै छौं । नेपालीमा एउटा चर्चित कथन पनि छ : ‘१२ वर्षमा त खोलो पनि फर्कन्छ ।’ नेपालको राजनीतिमा पनि हरेक दश वा १२ वर्षमा परिवर्तन हुने गरेको इतिहासकारहरु चर्चा गर्ने गर्दछन् । लोकतान्त्रिक गणतन्त्र कै विषयमा चाहिँ यो कसरी लागु हुने हो, त्यो हेर्न भने बाँकी नै छ ।

गणतन्त्र थरी थरीका

पहिलो संविधान सभाको निर्वाचन हुँदा त्यसलाई कसैले अस्वीकार गरेको अवस्था थिएन । निर्वाचनमा सबै उत्साहका साथ सहभागी भएका थिए ।  यसको २०६५ साल जेठ १५ गते सम्पन्न बैठकमा मतदान हुँदा लगभग शत प्रतिशत जस्तै मत ‘राजतन्त्रको अन्त र गणतन्त्रको स्थापना’को पक्षमा परेको थियो । यस ऐतिहासिक निर्णयले नेपालमा २३८ वर्षदेखि चलिआएको राजतन्त्रको विधिवत् अन्त्य गरेको थियो । राजतन्त्रलाई विस्थापित गरेर गणतन्त्रको स्थापना गर्ने काम ऐतिहासिक दृष्टिले पनि अग्रगामी कदम हो, प्रगतिशील कदम हो । तर, नेपालमा दश वर्षसम्म चलेको जनयुद्ध, ऐतिहासिक दोस्रो जन आन्दोलन यसै किसिमको गणतन्त्रमा सीमित हुनका निमित्त गरिएको भने थिएन । जन गणतन्त्रको स्थापनाका लागि थियो । दोस्रो संविधानसभासम्म आइपुग्दा, पहिलो संविधान सभामा सहभागि भएको उल्लेखनीय शक्ति यसमा सहभागी भएन । यसको वहिष्कार गर्न पट्टी लागेको थियो । किनभने, त्यतिबेलासम्म, जनगणतन्त्रको बाटोमा तगारो तेर्स्याउने काम भैसकेको थियो । जनगणतन्त्रको माग गर्ने एउटा पक्ष, आफ्ना एजेण्डालाई लावारिस छाडेर अर्कै बाटो लागिसकेको थियो । अर्कैको एजेण्डामा त्यो शक्ति हाम्फाले पछि नै अहिलेको संविधानले यो स्वरुप लिएको हो । त्यसैले, यो संविधान जारी हुँदाको अवस्था, पहिलो संविधान सभाको २०६५ साल जेठ १५ गते सम्मन्न बैठक भन्दा निकै भिन्न थियो भन्ने तथ्यलाई बिर्सनु हुँदैन ।           


दोस्रो संविधानसभासम्म आइपुग्दा, पहिलो संविधानसभामा सहभागी भएको उल्लेखनीय शक्ति यसमा सहभागी भएन । यसको वहिष्कार गर्न पट्टी लागेको थियो । किनभने, त्यतिबेलासम्म, जनगणतन्त्रको बाटोमा तगारो तेर्स्याउने काम भैसकेको थियो ।


इतिहासको लामो कालखण्ड २३८ वर्ष सम्म राईंदाई गरेको शक्ति, वर्गलाई मत्लव थिएन गणतन्त्रको किसिम सँग । उसलाई ‘गणतन्त्र’ भन्ने व्यवस्था सँग वितृष्णा थियो । त्यो शक्ति, त्यो वर्गले नेपालमा गणतन्त्र आउनै नदिन प्रयास त गर्‍यो, तर त्यो संभव भएन ।

विदेशी शक्तिहरुले पनि यो गणतनत्रको आगोमा रोटी सक्ने प्रयत्न गरे र गरिनै रहेका छन् ।

 यो गणतन्त्रका पक्षधरहरु नै निराश

यो सघीय लोकतान्त्रिक गणतन्त्रका पक्षपाती र यो व्यवस्था ल्याउनमा महत्वपूर्ण योगदान गर्नेहरु कै यस प्रतिको विश्वास, आशा धर्मराउँदै गएको देखिन्छ । “समाजवाद उन्मुख” संविधान र “समृद्ध नेपाल र सुखी नेपाली”को आकर्षक नारा उरालेर झण्डै दुई तिहाई सिट जितेर बनेको सरकारबाट उनीहरुले जस्तो अपेक्षा गरेका थिए, जुन परिकल्पना गरेका थिए, त्यसको उल्टो भयो । उनीहरुले चिन्ताका साथ आलोचना गर्न थाले । कडा किसिमले सुझावहरु दिन थाले । सत्ताको बागडोर सम्हालेकाहरु असहिष्णु भए । उनीहरुले विरोध गर्नेहरु प्रति “अरिंगाल बनेर जाइलाग्न” आह्वान गरे । अरिंगालको गोलो नै त खनिएन । फाट्ट फुट्ट चिल्ने कामहरु भए ।

गणतन्त्र ल्याउन योगदान पुर्‍याउने महत्वपूर्ण पात्रहरुका ‘रातो पाटी डट् कम्’ले  (०७७। २ । १५ मा) प्रस्तुत गरेका केही टिप्पणीलाई यहाँ साभार गरी प्रस्तुत गर्ने प्रयास गरिएको छ:

१२ वर्षको अवधिमा गणतन्त्रले नेपाल र नेपालीको मुहारमा कति क्रान्ति ल्यायो रु जनताले गरेका अपेक्षा कति पूरा भए ?

‘जसले राजनीतिक परिवर्तनमा योगदान गरे, उनीहरुलाई पटक्कै सम्झना गरेनौं,’ ‘आकांक्षा, उमङ्गहरु विस्तारै निराशामा परिणत हुँदै जानुको कारण यो पनि हो ।’

गणतन्त्रको यो १२ वर्षमा पुरानै युगका प्रवृत्ति देखिए । ‘सिस्टम त फेरियो तर प्रवृत्ति र शासनशैली फेरिएन,’  ‘व्यवस्थाको नाम फेरियो तर बाँकी मेसिनरी र पात्र उही रहे । उनीहरु फेरिएनन् । जसले परिवर्तनमा भूमिका निर्वाह गरे, उनीहरु विस्मृतितिर धकेलिदैँ गए ।’

‘जनताले गणतन्त्र आयो, राजनीतिक परिवर्तन भएर हामीले यति सुविधा पायौं, यति महत्व पायौं भनेर सुखद् अनुभूति गरेको पाइदैँन,’  ‘कोरोना महामारीमै जनताले भोगेका कुरालाई हेरौं न, हामीले अपेक्षा गरेअनुसारको गणतन्त्र त होइन रहेछ भन्न थालेका छन् जनताले ।’

यो १२ वर्षमा गणतन्त्रलाई राजतन्त्रको फोटोकपी बनाइएको  अनुभव छ । ‘राजाको ठाउँमा पात्र परिवर्तन भए तर प्रवृत्ति त्यही रह्यो,’ ‘सुख–सुविधा खोज्ने, व्यक्तिको जयजयकार गर्नुपर्ने प्रवृत्ति देखिएको छ ।’

ठूलो रकम खर्चिएर हेलिकप्टर किन्नुपर्ने, गाडी खरिद गर्नुपर्ने, सुविधा बढाउनुपर्ने जस्ता विषयलाई जनताले राजतन्त्रसँग दाँज्न थालेको ।

सचेतनापूर्वक आन्दोलनमा लाग्नेको पंक्ति थोरै हुने भए पनि त्यसले निर्णायक मोड ल्याउन सक्ने ।

पछिल्ला दिनमा गणतन्त्रप्रति नै जनताको अविश्वास बढ्न थालेको हो कि भन्ने अवस्थासमेत देखिएको । ‘राष्ट्रपति, प्रधानमन्त्री सुख–सयलमा केन्द्रित भएको, अधिकार क्षेत्रभन्दा बढी फुई देखाएर हिँड्न थालेको, राष्ट्रप्रमुख र सरकारप्रमुखमा क्षमतावान मान्छे नभएको हो कि जस्तो पनि देखिन्छ,’  ‘समानता, सामाजिक न्याय, आर्थिक–सामाजिक विषयमा समान पहुँचजस्ता कुरा अहिले ओझेलमा परेका छन् ।’

दलहरुले निर्वाचनमा बाचा गर्ने तर निर्वाचनमा जितेपछि आफ्ना बाचा पूरा गर्नेतर्फ ध्यान नदिएको  । ‘त्यसैले फेरि अर्को क्रान्ति गर्नुपर्ने पो हो कि भन्नेजस्तो देखिएको छ ।’

नयाँ परिवर्तनको खोजी

राजतंत्रलाई फालेर गणतन्त्र ल्याउने आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएका आन्दोलनकारीहरुको प्रतिनिधिमूलक भनाइ माथि प्रस्तुत गरियो । यी भनाइबाट के अनुमान गर्न सकिन्छ भने नेपाली जनतामा आक्रोश छ । नेपाली समाजले फेरि नयाँ परिवर्तनको माग गरिरहेको छ । आन्दोलनकारीहरु फेरि अर्को आन्दोलनको पक्षमा देखिन थालेका छन् । यतिखेर त हामी कोभिड १९ को चपेटामा छौं । यसबाट नेपालीको जीवन सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो । नेपालमा अब आन्दोलन कहिल्यै गर्नु पर्दैन भन्नेहरुको भनाइलाई पनि ती अभिव्यक्तिले राम्रो जवाफ दिएका छन् भन्ने लाग्द छ । पूर्वाग्रहबाट माथि उठौं ।  हामी सबै भविष्य प्रति आशावादी बनौं ।           

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.