केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोरोनाको भन्दा रोजीरोटीको डर बढी खतरनाक

महामारीसँगसँगै बढ्दो मानसिक समस्या, यसरी पहिचान र न्यूनीकरण गर्न सकिन्छः मनोविद् सन्देश ढकाल

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

कोरोनाभाइरसको महामारीले सिर्जित हालको अवस्थाबाट नपिरोलिने सायदै कमै होलान् । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन भएसँगै मानिसको दैनिकीमा परिवर्तन भए । यो परिवर्तनले मानिसमा शारिरिक र मानसिक दुवै खालका असर पारिरहेको छ ।

हरेक मानिसको मन मनमा डेरा जमाएको कोरोनाले लामो समयसम्म छुटकारा नदिने पक्का पक्की छ । त्यसैले यस्ता असरबाट बच्न सजगता अपनाउनुपर्ने मनोविद्हरुको सुझाव छ ।

कोरानाकै कारण विश्व नै यतिवेला डर र त्रासमा छ । यही डरले विश्वव्यापी रुपमा मानसिक समस्या पनि बढ्दै गएको छ । दैनिक ज्यालामजदुरी गरेर पेट पाल्नुपर्नेहरुलाई लकडाउनका कारण जीवनयापनको समस्या छ भने अर्कोतिर रोजगारी गुमेका र उद्योग व्यवसाय बन्द हुँदा ठूलो क्षतीको सामना गर्न बाध्य उद्योगी व्यवसायीमा पनि ऋणको बोझबाट कसरी बाहिर आउने भन्ने चिन्ताले थिचेको देखिन्छ ।

विश्वभर लगभग साढे तीन लाखको ज्यान लिइसकेको कोरोनाभाइरसले ५६ लाख बढीलाई संक्रमित बनाइसकेको अवस्थामा मानिसहरुमा त्रास बढ्नु सामान्य नै हो । तर नेपालमा पनि भाइरस संक्रमण बढ्दै जाँदा र लकडाउन बड्दै जाँदा बेरोजगारी र भोकमरीको महामारी निम्तिन सक्नेतर्फ विज्ञहरुले सचेत गराइरहेका छन् । यो अवस्थाबाट आफू र आफ्ना बालबच्चालाई सुरक्षित राख्न त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभागमा कार्यरत मनोविद् सन्देश ढकालले दिएका सुझावहरु यस्ता छन् ।

कोरोना महामारी नियन्त्रणका लागि मुलुकमा लकडाउन भएको पनि दुई महिना बढी भइसक्यो । हाम्रो लागि यो विल्कुलै नयाँ वातावरण हो । लगभग मानिसहरु यो वतावरणमा एडजस्ट भइसकेका छन् । तर पनि कहिलेसम्म लकडाउन ? भोलि के होला ? पर्सि के होला ? भन्ने उत्सुकता बढ्दै जाँदा धेरैमा एन्जाइटीको समस्या देखिन थालेको छ ।

समाचारमा नजिकैका खवरहरु आइरहँदा मेरौ घरवरीपरी आयो मेरै परिवारमा पो आयो कि भन्ने आशंका र भयले झनै ग्रसित बनाएको छ । अनिश्चितताका कारण मानिसमा चिन्ता भन्दा पनि दुस्चिन्ताको तह बढ्दै गइरहेको पाइएको छ । यसबाट कतिलाई निन्द्रा नलाग्ने, छटपटी हुने, खाना मन नलाग्ने जस्ता समस्या देखिएका छन् ।


विश्वका ठूला अनि विकसित देश जसले विज्ञानमा ठूलो फड्को मारिसकेका छन् ती देशले पनि अहिलेको अवस्थालाई ह्यान्डल गर्न नसकेको अवस्थामा हाम्रो अवस्थाअनुसारको चिन्ता हुनु स्वभाविक भएपनि यसले निम्त्याउने मानसिक समस्या झनै खतरनाक हुन सक्छ ।


विश्वका ठूला अनि विकसित देश जसले विज्ञानमा ठूलो फड्को मारिसकेका छन् ती देशले पनि अहिलेको अवस्थालाई ह्यान्डल गर्न नसकेको अवस्थामा हाम्रो अवस्थाअनुसारको चिन्ता हुनु स्वभाविक भएपनि यसले निम्त्याउने मानसिक समस्या झनै खतरनाक हुन सक्छ ।

मानसिक समस्या आउन नदिन के गर्ने ?

–कोरोनाभाइरस कसरी कहाँबाट आउँछ भन्ने थाहा नहुँदा अन्यौलले पनि मानिसलाई थप मानसिक रुपमा कमजोर बनाइरहेको हुन्छ । त्यसैले यो समस्याबाट आफूलाई बाहिर ल्याउन सवै कुराको जानकारी राख्ने । के भयो, के भइरहेको छ र नयाँ के आइरहेको छ जानकारी राख्ने ।

–जानकारीका लागि सूचनामूलक सामाग्रीहरुको अध्ययन गर्ने, आधिकारीक समाचार माध्यमको छनौट गर्ने । सवै मिडियाको पछि नलाग्ने । आजभोली आधा समस्या मिडियाले थपिदिएका छन् । त्यसैले यसबाट बच्न आधिकारीक मिडिया वा स्रोतबाट आएका सूचनालाई मात्र विश्वास गर्ने ।

–हाम्रो भन्दा धेरै विकसित देशरुमा भयावह स्थिती छ त्यसले हामीलाई ढाडस दिने काम गरिरहेको हुन्छ । त्यसैले सकारात्मक सोच राख्ने ।

–संक्रमण भइहाल्यो भने पनि हाम्रो सामाजिक संरचनाले यसको न्यूनिकरणमा सहयोग गरिरहेको हुन्छ । नआत्तिने र आत्मबल बलियो बनाउने ।


जति पनि कोरोना संक्रमणमुक्त भएर घर फर्किनुभएको छ वहाँहरु सवैको भनाई प्राय उस्तै छ त्यो हो ‘उच्च मनोबलका कारण रोगलाई परास्त गरें’, वास्तवमा यो मनन गर्न जरुरी छ कि मनोबल उच्च बनाउने हो र शारीरिक र मानिसक रुपमा सक्रिय रहने हो भने रोगलाई सजिलै परास्त गर्न सकिन्छ । त्यसैले नियमित योग, ध्यान, शारिरिक व्यायमहरु गर्ने यसले उर्जा दिन्छ ।


–जति पनि कोरोना संक्रमणमुक्त भएर घर फर्किनुभएको छ वहाँहरु सवैको भनाई प्राय उस्तै छ त्यो हो ‘उच्च मनोबलका कारण रोगलाई परास्त गरें’, वास्तवमा यो मनन गर्न जरुरी छ कि मनोबल उच्च बनाउने हो र शारीरिक र मानिसक रुपमा सक्रिय रहने हो भने रोगलाई सजिलै परास्त गर्न सकिन्छ । त्यसैले नियमित योग, ध्यान, शारिरिक व्यायमहरु गर्ने यसले उर्जा दिन्छ ।

–गाउँघरमा वा सहर बजारमै पनि आफ्नै जग्गा जमिन छ भने खेतीपाती गर्ने । सहरमा व्यापार व्यवसाय कामकाज नै बन्द भएको अवस्थामा गाउँ गएर खेती गर्छु वा अन्य केही गर्छु भन्ने विकल्प निकाली ढाडस दिन सकिन्छ ।

–परिवार, आफन्त, साथीभाईसँगको जमघट नभएपनि समाजिक संजाल वा फोनबाटै पनि अडियो वा भिडियो कल गरी कुराकानी गर्न सकिन्छ । यसमा खाली कोरोनाको मात्रै कुरा गर्नुभन्दा पनि अलि फरक अनि रोमाञ्चित कुराहरु, सकारात्मक कुराकानी सेयर गर्न गर्न सकिन्छ ।

–धेरै समय टिभी मोबाइल इन्टरनेटमा बिताउनेगर्दा पनि मानसिक रुपमा असर गरिरहेको हुन्छ । फेरी टिभी मोबाइलमा के हेरिरहेका छौं भन्ने कुराले पनि भूमिका खेल्ने भएकाले जतिवेला पनि कोरोना कै बारेमा पढ्ने वा हेर्ने गर्नुभन्दा पनि भिन्न खालका रमाइला अनि ज्ञानवर्दक सामाग्री हेर्दा राम्रो हुन्छ । धेरै समय खाली कोरोना कोरोना भनेर नै विताउन थालियो भने यसले ठूलो समस्या निम्त्याउन सक्छ ।

–यो छिट्टै सामान्य हुनेवाला देखिँदैन । डरलाग्दो र अनपेच्छित पनि छ त्यसैले यसमा विशेष ध्यान दिन जरुरी छ । यो डराएर, आत्तिएर वा भागेर समाधान हुने वाला नभएकाले यो परिस्थिलाई स्विकार गर्ने । यदी संक्रमित भइहालेमा पनि त्यसलाई परास्त गर्न सक्छु भन्ने आत्मविश्वास राख्ने ।

–संक्रमणको दर र मृत्युदर पनि बढ्दै गइरहेको अवस्थामा सतर्क हुन जरुरी छ । कोरोनाबाट मरिनै हालिन्छ भन्ने मानसिकताबाट टाढा रहने ।

–विश्वमै उच्च तथा सुविधासम्पन्न अस्पतालमा राखिएका विरामीका लागि पनि कुनै औषधि छैन । यसको एउटै औषधि भनेको रोग प्रतिरोधात्मक क्षमता बृद्धि भएको आजसम्मको उपचार पद्धतिले देखाएको छ । त्यसैले खानपानमा विशेष ध्यान दिने ।

–मानिसको आचरणबाट पनि छिटो निको हुन्छ या हुन्न भन्ने बुझ्न सकिन्छ । संक्रमितका लागि निन्द्रा सवैभन्दा महत्वपूर्ण पक्ष हो । निन्द्रा, सन्तुलित खानामा विशेष ध्यान दिने, स्वास्थ्य जीवनशैलीलाई आत्मसाथ गर्दै अगाडी बड्ने ।

डरलाई कसरी नियन्त्रण गर्ने ?

अनिस्चितता हावी भएको अहिलेको परिस्थितिमा डर चिन्ता हुनु सामान्य हो । तर त्यो डरको मात्रा वा फ्रिक्वेन्सी (बारम्बार दोहोरीरहने) कति छ भन्नेबारेमा ध्यान दिनुपर्छ । डर कति र कुन तहसम्म लाग्छ भन्ने ख्याल गर्नुपर्छ । यदि सितांग (हात गोडा लुलो हुनु) हुने गरी, सास फेर्न गार्हो भएको जस्तो हुने, रिंगटा लाग्नु, वरीपरि अध्यारो भएजस्तो हुनु, लड्छु कि, मर्छु कि, चिसो पसेको जस्तो हुन सक्छ । र यस्ता लक्षणको फ्रिक्वेन्सी कति छ ? जस्तोः बिहान देखि बेलुकासम्म बारम्बार दोहोरी रहेको पो छ कि । टिभी, रेडियो, पत्रपत्रिका, अनलाइन, जे हेर्दा सुन्दा पनि डर लाग्ने, हावा चल्दा, एक्कासी आवाज आउदा पनि डर लाग्ने भएको पो छ कि र यसको फ्रिक्वेन्सी कस्तो छ त्यो याद गर्नुपर्छ । र यस्तो डर घट्दो क्रममा छ कि बड्दो क्रममा छ ? त्यसलाई पनि विचार गर्नुपर्छ ।


अनिस्चितता हावी भएको अहिलेको परिस्थितिमा डर चिन्ता हुनु सामान्य हो । तर त्यो डरको मात्रा वा फ्रिक्वेन्सी (बारम्बार दोहोरीरहने) कति छ भन्नेबारेमा ध्यान दिनुपर्छ । डर कति र कुन तहसम्म लाग्छ भन्ने ख्याल गर्नुपर्छ । यदि सितांग (हात गोडा लुलो हुनु) हुने गरी, सास फेर्न गार्हो भएको जस्तो हुने, रिंगटा लाग्नु, वरीपरि अध्यारो भएजस्तो हुनु, लड्छु कि, मर्छु कि, चिसो पसेको जस्तो हुन सक्छ । र यस्ता लक्षणको फ्रिक्वेन्सी कति छ ?


सामान्यतया एउटा निश्चित तहसम्म त्यो बड्दो हुन्छ । एउटा यस्तो बिन्दु आउँछ जहाँ जहिल्यै उही देख्दा र सुन्दा सामान्य लाग्न थाल्छ र त्यसको मात्रा आफै विस्तारै घटेर सामान्यमा आउँछ ।

यसका पनि भिन्न प्रकार हुन्छन् जसरी यो लकडाउनको दुई महिनाको अवधिमा त्यो डर एउटा विन्दुमा पुगेर अड्किनु पर्ने वा सामान्य अवस्थामा झरिसक्नुपर्ने हो तर पनि त्यो डर यथावत छ र आज भन्दा भोली झन त्यो डर बढ्न थाल्यो भने चाहिँ डरसँग सम्वन्धित कुनै समस्या छ है भनेर सचेत हुनुपर्छ र उपचारका लागि चिकित्सकको सल्लाह लिनु पर्छ ।

भाइरसको भन्दा रोजीरोटीको डर खतरनाक

भाइरसको असर त जसलाई भयो उसलाई बढी हुने भयो र अरुलाई डरले नै असर गरिरहेको हुन्छ । यति बेला नागरिकमा फैलिएको भाइरसको डरसँगै अर्को मुख्य डर रोजीरोटीको छ । यसलाई सम्बोधन गर्ने काम राज्यबाट नहुँदा असर बढ्दो छ । यसका लागि राज्यले ढुकुटीको प्रयोग गर्नु पनि पर्दैन मात्र मास मिडियाको प्रयोग गरे पुग्छ । नागरिकलाई आस्वस्त पार्न र राज्य छ भन्ने आभाष दिलाउन सके मात्र पनि मनोवैज्ञानिक असर कम हुन्छ ।

आर्थिक पाटो सवैभन्दा महत्वपूर्ण हुन्छ । अवको मुख्य समस्या भनेको आर्थिक नै हो । डब्लुएचओले पनि घोषणा गरिसकेको छ कि यो महामारी लम्बिदै जाँदा महामारीसँगसँगै मानसिक समस्याले पनि विकराल रुप लिन्छ भनेर । नेपालमा भोकमरी सुरु भइसकेको छ । समाचारहरु सुनिन थालेका छन् खानाको अभावमा ज्यान गयो भनेर । त्यसैले यो समस्या न्यूनिकरणका लागि पहल थालिहाल्नु पर्छ ।


आर्थिक पाटो सवैभन्दा महत्वपूर्ण हुन्छ । अवको मुख्य समस्या भनेको आर्थिक नै हो । डब्लुएचओले पनि घोषणा गरिसकेको छ कि यो महामारी लम्बिदै जाँदा महामारीसँगसँगै मानसिक समस्याले पनि विकराल रुप लिन्छ भनेर । नेपालमा भोकमरी सुरु भइसकेको छ ।


रोकथामका उपाय 

समस्या त आइरहन्छन् तर यसको रोकथाममा पहल भएन भने समस्याले ठूलो रुप लिन सक्नेतर्फ सचेत हुन जरुरी छ ।

–राज्यतहबाट समस्याको पहिचान गर्ने र न्यूनिकरणका उपाय बारे जनमानसमा सचेतना फैलाउने ।

–मास एजुकेशनबाट पनि रोकथाम गर्न सकिन्छ । धेरै मानिसलाई के भइरहेको छ र वास्तवमा महामारी वा यो कोरोना के हो भन्ने पनि थाहा नहुँदा धेरै आत्तिएका छन् । यसका लािग रेडियो टेलिभिनज लगायतका संचारमाध्यमबाट सूचना प्रवाह गरी बढी भन्दा बढी जानकारी दिने ।

–हामीकहाँ आवश्यक तयारी नहुँदा समस्या देखिएको हो । मानिसका आधारभूत आवश्यकता भनेको गास, बास कपास नै हो । यस्ता आधाभूत आवश्यकता पूरा गर्ने तर्फ राज्यले ध्यान दिने । निम्न वर्गका लागि राज्यले राहत प्याकेज ल्याउने ।

–गरिवीको रेखामूनि रहेका अति विपन्न समुदाय जसलाई दिन दिनै कमाएर खानुपर्ने अवस्था छ र कतिको अहिले झिकेर खानेकुरा छैन । ती वर्गलाई सम्बोधन गर्न ढिला नगर्ने ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.