शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विशाल ग्रुपको स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य उपकरण सहयोग, ५०० पीपीई, २०० आईआर थर्मोमिटर र ९ हजार एन९५ मास्क

शुक्रबार, १६ जेठ २०७७, १४ : ३६
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं– नेपालमा कोभिड १९ को संक्रमण फैलिरहेको बेला यो रोगविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पु¥याउने उद्देश्यले विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउण्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ । 

भीजी फाउण्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र उच्च अधिकारीहरुको उपस्थितिमा पाँच सय थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), दुई सय थान इन्फ्रारेड थर्मोमिटर र आठ हजार नौ सय ५० थान एन९५ मास्क हस्तान्तरण गरेको हो । 

‘फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि तीव्र गतिमा फैलिरहेको यो संकटको सामना गरिरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुप सम्मान गर्न चाहन्छ,’ विशाल ग्रुपको व्यवस्थापनले भनेको छ, ‘हामीलाई आशा छ, हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’

यो विषम परिस्थितिमा देशको साथमा रहेको, आफ्नो स्रोत र शिपको माध्यमबाट देशलाई सहयोग गर्न प्रतिबद्ध भएको विशाल ग्रुपले जनाएको छ । त्यसैगरी,  भविष्यमा आवश्यकता र क्षमताअनुसार यसलाई विस्तार गर्न तत्पर रहेको पनि ग्रुपले जनाएको छ । 

समाज र देशप्रतिको जिम्मेबारी बहन गर्दै भीजी फाउण्डेसनले निमुखा वर्गलाई खाद्यान्न र काठमाडौं उपत्यकाभित्रका अस्पतालहरुमा स्यानिटाइजर र सर्जिकल मास्क वितरण गर्दै आएको छ ।

विशाल ग्रुप कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमहरुको समर्थन गर्ने र लकडाउनको पूर्ण पालना गर्न अपिल गरेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप