केन्द्रीय संस्करण

सनराइज बैंकले गर्यो आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा

person explore access_timeजेठ १६, २०७७ chat_bubble_outline0

काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९) ले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दै सनराइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको छ ।  

यस कोभिड–१९ बीमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको रु. १ लाख रुपैंया बराबरको सामुहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्पmत गरिएको छ ।

बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ ।

बैंकले कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउदै आएको छ । 
 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.