बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वरिष्ठ गीतकार थापाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त

शुक्रबार, १६ जेठ २०७७, १६ : १०
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चर्चित वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गरि देउवाले दुःख व्यक्त गरेको जानकारी दिए ।

देउवाले भनेका छन्, 'नेपालको सांङ्गेतिक क्षेत्रका चर्चित वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधनको खबरले मलाई दुःखीत बनाएको छ । कालजयी र सदावहार गीतहरु सिर्जना गरेर स्वर्गीय थापाले नेपालको साङ्गेतिक क्षेत्रमा ठूलो योगदान पु-याउनु भएको थियो ।' 

स्वर्गीय थापाले कालजयी र राष्ट्रभक्तिका गीत लेखेर नेपाली संगीतको क्षेत्रमा ठूलो योगदान पु-याको देउवाको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, 'उहाँको निधनबाट अपूरणीय क्षति पुगेको छ । उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माको चीर शान्तिको कामनाका साथ सम्पूर्ण शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।'
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप