बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दाङमा ८ जना कोरोना जितेर घर फर्किए

शुक्रबार, १६ जेठ २०७७, १६ : १९
शुक्रबार, १६ जेठ २०७७

बुटवल । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीबाट ८ जना कोरोना जितेर आज घर फर्किएका छन् । अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् । संक्रमितहरुको २ पटकसम्म चेकजाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो ।

 ‘७ दिन र त्यसको ४८ घण्टापछि पनि चेकजाँच गर्दा नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भन्ने बुझिन्छ ’ वलीले भने ।  जसअनुसार आज दिउँसो डिस्चार्ज गरेको छौं ।’कोरोना अस्पतालमा ४५ जनाले उपचार गरिरहेकोमा अहिले ३७ जनाले उपचार गरिरहेका छन् । डिस्चार्ज हुने सबै जेठ २ गते अस्पतालमा आएका थिए ।  बुटवल कोरोना अपस्पतालबाट भने अहिलेसम्म ११ जना डिस्चार्ज भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप