बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा आज फेरि थपिए ५६ जना, संक्रमितको संख्या १८३ पुग्यो

शुक्रबार, १६ जेठ २०७७, १६ : ३०
शुक्रबार, १६ जेठ २०७७

रौतहट । रौतहटमा शुक्रवार अपरान्ह ५६ जना कोरोना भाईरसको संक्रमित थपिएका छन् । रौतहटमा योसहित संक्रमितको संख्या १ सय ८३ पुुगेको छ । जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठकाअनुसार राजपुर नगरपालिकामा ३३, ईशनाथमा १५, मौलापुरमा ६ र बौधीमाईमा २ जना गरी ५६ जनामा कोरोना भाईरस पुष्टी भएको हो ।

हिजो साँझ जिल्लामा संक्रमितको संख्या १ सय २७ पुगेको थियो । शुक्रवार पुष्टि भएका संक्रमितहरुको स्वाब संकलन गरी जाँचको लागी पठाइएको थियो । संक्रमित सबैजना घरका मानिसको सम्पर्कमा नआएका कारण अन्यलाई जोखिम नहुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहटमा संक्रमितको संख्या बढदै गए पनि जिल्ला सदरमुकाम गौरबाहेक प्राय सबै स्थानमा लकडाउन उल्लंघन भइरहेको छ ।  गरुडा, कटहरिया लगायत ग्रामीण भेगका सबै पसलहरु निर्वाध रुपमा खुलिरहेका छन् । बिना मास्क सामाजिक दूरीको बेवास्ता गर्दै बजारहरुमा दैनिकजसो भीड लागिरहेकाले जिल्लामा कोरोना भाईरसबाट संक्रमणको जोखिम बढदै गएको स्थानीयहरुले बताउँदै आएका छन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप