शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ः सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि, क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी पनि संक्रमित

शुक्रबार, १६ जेठ २०७७, १६ : ४१
शुक्रबार, १६ जेठ २०७७

जिल्ला समन्वय समिति महोत्तरीका अधिकारीसहित अन्य २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीमा संक्रमण देखिएका १७ मध्ये जिल्ला समन्वय अधिकारीमा कोरोना पुष्टि भएको जनाइएको छ ।

त्यस्तै जिसस महोत्तरीको कार्यालयका १ जना खरिदार र अधिकारीको चालकमा कोरोना पुष्टि भएको हो । जिसस महोत्तरीका अधिकारी र उनका चालकलाई काठमाडौँको बल्खु स्थित सशस्त्र प्रहरीको आइसोलेसनमा भर्ना गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । त्यस्तै संक्रमण पुष्टि भएका १ जना खरिदारलाई जलेश्वरस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ ।

जिसस महोत्तरी तथा जलेश्वरनाथ नगरपालिकाका समेत अधिकारी रहेकामा कोरोना पोजिटिभ देखिए पछि उनको कन्ट्याक्ट ट्रेसिङ लिने कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

त्यस्तै प्रदेश नम्बर २ मा सामाजिक विकास मन्त्रालयको आपूर्ति महाशाखाका १ जना कर्मचारी र धनुषाको एक क्वारेन्टाइनमा खटिएका एक स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

आपूर्ति महाशाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत एक महिला कर्मचारीमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै धनुषाको लक्ष्मीनिया गाउँपालिका स्थित क्वारेन्टाइनमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यिनीहरुलाई अहिले प्रादेशिक अस्पताल जनकपुरको आईसोलेसनमा भर्ना गरिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप