शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला हिंसामुक्त नेपाल निर्माण गर्न आवश्यक सबै व्यवस्था मिलाएका छौं: मन्त्री गुरुङ

शुक्रबार, १६ जेठ २०७७, १८ : ०५
शुक्रबार, १६ जेठ २०७७

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्य गर्ने प्रतिवद्धता गरेका छन् । मन्त्री गुरुङले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न सरकारले आवश्यक नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेको पनि स्पष्ट पारे । 

शुक्रबार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा आयोजित ‘दोस्रो राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा आयोजित ‘भर्चुअल’ बैठकमा बोल्दै उनले समाजमा विद्यमान विकृति, विसंगति र सबै प्रकारको हिंसा अन्त्यका लागि आवश्यक कार्यक्रम तय गरिसकिएको बताए । ‘हिंसामुक्त नेपाल निर्माण गर्न सरकारले आवश्यक सबै व्यवस्था मिलाएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक कार्यक्रम, नीति र बजेटको व्यवस्था मिलाइएको छ ।’ उनले लकडाउनका बेला हुने महिला हिंसा अन्त्यका लागि प्रदेश र स्थानीय तहसँग सहकार्यमा जोड दिइएको पनि स्मरण गराए ।

मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि पुरुषहरुलाई सचेत बनाउन अभियान नै सञ्चालन गर्ने घोषणा पनि गरे । कोरोना भाइरसका बेला महिला हत्या र हिंसाजन्य अपराधिक घटना घटेकोमा विश्व समुदायनै चिन्तित रहेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकार प्रतिबद्ध रहेको पनि मन्त्री गुरुङको भनाई थियो । मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि सरकारले महिलाहरुलाई उद्यमशील बनाउन आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा ‘महिला उद्यमशीलता सहजीकरण केन्द्र’ स्थापना गर्ने तय गरिएको पनि बताए ।

बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले गाउँगाउँमा महिला हिंसा हुन नदिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले महिला हिंसाको घटना हुन नदिन सरकारले पुरुष सहभागितामा जोड दिने गरी आवश्यक योजना बनाएको बताएकी थिइन् । करिब ३ सय बढी सहभागी सो बैठकमा संघीय संसदका सांसदहरु, प्रदेशका सामाजिक विकासमन्त्रीहरु, विज्ञहरुलगायतले महिला हिंसा अन्त्यका लागि सरकारले नीति तथा कार्यक्रम र बजेटको व्यवस्था गरेकोमा आभार व्यक्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप