बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा नयाँ बसपार्कमा २ जनाको ज्यान गयो

शुक्रबार, १६ जेठ २०७७, १८ : १८
शुक्रबार, १६ जेठ २०७७

काठमाडौँ । बिहीबार राति नयाँ बसपार्कस्थित बिजी मल अगाडि विपरित दिशाबाट आउँदै गरेको मिनी ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको ज्यान गएको छ ।  महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालकाअनुसार ट्रकको ठक्करबाट मृत्यु हुनेमा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढा रहेका छन् । 

ठक्करपछि गम्भीर घाइते भएका एकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र अर्काको को वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको लम्सालले बताए ।  गोंगबु चोकबाट बालाजु जाँदै गरेको बा२ख ५४ ८४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको ना ६५ प २००१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

डीएसपी लम्सालका अनुसार ट्रक चालक र ट्रक प्रहरीको नियन्त्रणमा छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप