भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन
एजेन्सी । भारतको छत्तिसगढका प्रथम मुख्यमन्त्री अजित जोगीको निधन भएको छ । लामो समयसम्म प्रदेशस्तरको राजनीतिमा नेतृत्व गर्नुभएका प्रभावशाली नेता जोगीको शुक्रबार एक निजी अस्पतालमा निधन भएको हो ।
उनलाई गत २० दिनदेखि अस्पतालमा उपचार गराइएको थियो । उनी ७४ वर्षका थिए ।
उनकी श्रीमती रेनु जोगी प्रदेशसभा सदस्य रहेकी छिन् भने छोरा अमित जोगी प्रदेश सभाका पूर्व सदस्य रहेका छन् । ‘स्थानीय समय अनुसार दिउसो ३ः३० मा उहाँले अन्तिम स्वास फेर्नुभयो, त्यसपछि विदा हुनुभयो’ अस्पतालका एक चिकित्सकले भने ।
उनलाई स्थानीय श्री नारायण अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वासप्रश्वाससम्वन्धी समस्या उत्पन्न भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. सुनिल खेम्काले जानकारी दिए । कर्मचारीबाट राजनीतिमा प्रवेश गर्नुभएका जोगीले छत्तिसगढ प्रदेशको पहिलो मुख्यमन्त्री हुँदै सन् २००० देखि २००३ सम्म मुख्यमन्त्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली
-
नेपाल र कतारबिच दुईपक्षीय वार्ता
-
सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
अनमोलको ‘फर्की फर्की’को धमाधम विदेश राइट बिक्री
-
स्टोइनिसले बनाए नयाँ कीर्तिमान