बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा फसेका नेपालीलाई  नेपाल लैजाने तयारी

शुक्रबार, १६ जेठ २०७७, २० : ०६
शुक्रबार, १६ जेठ २०७७

अस्ट्रेलिया कोभिड- १९ को कारणले अस्ट्रेलिया लगायत नेपाली राजदूतावासको कार्यक्षेत्र अन्तर्गतका देशहरूमा  फसेका नेपालीहरुलाई जुन ९ नेपाल लैजाने तयारी भएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ को निर्णयानुसार कोभिड १९ कारणबाट  बिदेशमा फसेको अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश २०७७” जारी भए जनाउदै  अत्यावश्यक जानै पर्ने नागरिकले जुन २ भित्र फारम भर्न आग्रह गर्दै   नेपाली दूतावासले प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो । 

प्रेस विज्ञप्ति जनाईए अनुसार नेपाल जानै पर्ने नागरिकले अध्यावधिक विवरण भर्नको लागि दूतावासले अनुरोध गरेको छ।

दूतावासको फेसबुक पेज, इमेल, इमर्जेन्सि रजिष्ट्रेसन फाराम तथा टेलिफोनमार्फत् नाम टिपाउनको   राजदूतावासको वेभसाइटमा राखिएको Travel to Nepal फर्म (https://au.nepalembassy.gov.np/registration-form-to-return-back-nepal/) आफ्नो विवरण यही २ जुन २०२० सम्ममा राजदूतावासमा उपलब्ध गराउन क्यान्बेरा स्थित नेपाली दूतावासले अनुरोध गरेको छ  ।
 
विवरण अध्यावधिक भए पश्चात् मात्र नेपाल फिर्ता जाने सम्बन्धमा प्राथमिकता निर्धारण गर्ने, नेपाल सम्मको पहुँच सुनिश्चित गर्न र नेपाल पुगे पश्चातको क्वारेन्टिन लगायतको व्यवस्थापन गर्न सहज र सहयोग पुग्ने भएकोले नागरिकहरुलाई यथार्थ र सही विवरण उपलब्ध गराउनको लागि  दूतावासले अनुरोध गरेको छ। 

यस सम्बन्धमा अन्य व्यवस्था र शर्तहरू निम्नानुसार रहेका छन् : 

तपशिल :

१) नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रूपमा १४ दिनसम्म स्थानीय तहको क्वारेन्टिन वा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । तत्पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेबमोजिम स्वास्थ्य परीक्षण भएपछि थप ७ दिन अनिवार्य होम क्वारेन्टिनमा समेत बस्नु पर्नेछ ।  

२) हवाई उडान खर्च,  होटल क्वारेन्टिन खर्च, विमानस्थलदेखि क्वारेन्टिनस्थलसम्मको यातायात खर्चलगायतका सम्पूर्ण खर्च व्यक्ति स्वयंले ब्यहोर्नु पर्नेछ । त्यसरी लाग्ने खर्चको विवरण पछि उपलब्ध गराइने छ ।

३ ) स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नुअगाडि कोभिड १९ सङ्क्रमण नभएको स्वास्थ्य परिक्षण पिसीआर रिपोर्ट दूतावासमा पेश गर्नुका साथै आफ्नो साथमा पनि राख्नु पर्नेछ ।  

४) विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र निजको ज्वरो मापन गरी १००.४ (एकसय दशमलव चार डिग्री फरेनहाइट) भन्दा बढी ज्वरो आएकालाई सोझै आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिने छ । 

५) नेपाल भित्रिएका प्रत्येक व्यक्तिले आफ्नो मोबाइलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य एप” डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरूपमा स्वास्थ्य विवरण अध्यावधिक गर्नु पर्नेछ। 

६) विमानस्थलमा पुगेपश्चात् प्रत्येक यात्रुलाई काडमाडौं चक्रपथ आसपासमा रहेका होल्डिङ सेन्टरमा लगी आवश्यक प्रक्रिया पूरा भएपछि मात्र सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा ट्रान्स्फर गरिने छ । 

७) नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ । त्यसका साथै  एअरलाइन्स र उडान तालिकाको सम्बन्धमा दूतावासले  जानकारी गराइने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता रसाइली विश्वकर्मा
सीता रसाइली विश्वकर्मा
लेखकबाट थप