कर्णालीमा थप १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
शुक्रबार, १६ जेठ २०७७, २२ : ०२
-उपेन्द्र न्यौपाने
जुम्ला । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवार आएको परीक्षणको रिपोर्टअनुसार संक्रमण पुष्टि हुनेहरु सबै नारायण नगरपालिकाका रहेका छन् । उनीहरु २१ देखि ५० वर्षसम्मका सबै पुरुष रहेको प्रतिष्ठानले जनाएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।