बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

११ जुनबाट ला लिगा सुरु हुने

शनिबार, १७ जेठ २०७७, ०७ : ५५
शनिबार, १७ जेठ २०७७

स्पेनिस ला लिगा आगामी जुन ११ बाट पुनः सुचारु हुने भएको छ । पहिलो खेलमा रियल बेटिस र सेभियाबीच खेल हुनेछ ।

कोरोनाभाइरसको संक्रमणको स्थितिलाई मध्यनजर गर्दै यो सिजन १८–१९ जुलाईमा समाप्त गर्ने आयोजकहरुको तयारी रहेको छ । नयाँ सिजन १२ सेप्टेम्बरबाट हुनेछ ।

कोरोनाभाइरसको संक्रमण फैलिएपछि गत मार्च १२ मा लिग स्थगन गरिएको थियो । स्पेनिस सरकारको खेलकुद विभाग र ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच यसबारेमा सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।

ला लिगाका खेलाडीहरुले गत हप्तादेखि धेरैमा १० जनाको समूहमा प्रशिक्षण सुरु गरेका थिए । ला लिगाका अध्यक्ष ह्याभियर टेबासले अब खेलाडीहरुको पूर्ण प्रशिक्षण सुरु गर्ने तयारी रहेको बताए ।

हालसम्मको तालिकाअनुसार बार्सिलोना चरिप्रतिद्वन्द्वी रियल म्याड्रिडभन्दा दुई अंकले अगाडि रहेको छ ।

बिहीबार मात्र प्रिमियर लिग आगामी जुन १७ देखि सुरु हुने निर्णय भएको थियो । लिगमा ९२ खेल बाँकी रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप