केन्द्रीय संस्करण

प्रहरी हिरासतबाट फरार यादव पक्राउ

person explore access_timeजेठ १७, २०७७ chat_bubble_outline0

सिरहा । सिरहाको महेशपुर पतारीस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा प्रतिबन्धित लागुऔषध मुद्दाका फरार प्रतिवादी सिरहाको लहान नगरपालिका–२२ का ३१ वर्षीय रामअशिष यादव रहेको छ । गत मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय महेशपुर पतारीको हिरासतकक्षबाट फरार यादव सिरहा नगरपालिका–१५ स्थित ससुराली घरमा लुकीछिपी बस्दै आएको प्राप्त गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

यादवसँगै प्रहरी हिरासतबाट फरार अन्य व्यक्ति यसअघि नै पक्राउ परिसकेको जनाएको छ । पक्राउ परेका यादव हिरासतबाट भाग्न उक्साउने मुख्य योजनाकार रहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.