शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सहयोगी हात, सहकार्य अनि श्रमदान : कोरोनाकालबीच पनि ठडिदैछ न्यातपोल (तस्विरमा हेर्नुहोस्)

शनिबार, १७ जेठ २०७७, १६ : ३२
शनिबार, १७ जेठ २०७७

काठमाडौँ । कोरोनाभाइरसको महामारीका बीच लागू गरिएको लकडाउनका दौरान पनि भक्तपुरको चर्चित न्यातपोल मन्दिरको पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । २०७२ सालको भुइँचालोमा यस मन्दिरमा क्षति पुगेको थियो ।

३ सय १९ वर्ष पुरानो यो मन्दिर १८ औँ शताब्दीमा मल्लकालिन राजा भूपतिन्द्र मल्लले निर्माण गरेका हुन् । पाँचवटा छाना भएको कारण यसलाई न्यातपोल मन्दिर भनिएको हो । वि.सं. २०५२ देखि ५४ मा पनि यसको पुनर्निर्माण गरिएको कारण ७२ सालको भूकम्पमा यो मन्दिर पूर्णरुपमा क्षति हुनबाट जोगिएको हो ।

१०८ फिट उचाईं भएको यो मन्दिरको पाँचौ तल्लामा सबैभन्दा क्षति पुगेको थियो । पुनर्निर्माणका लागि भक्तपुर नगरपालिकाले ६५ लाख छुट्याएर पुनर्निर्माणको काम भइरहेको छ । यसको पुनर्निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ भने पुरात्त्वविद्, प्राविधिक तथा नगरपालिकाले यसको अनुगमन तथा निर्माणमा सहयोग गरिरहेको छ ।

यतिबेला पाँचौ तल्लाको पुनर्निर्माणको काम सकिएको छ भने यतिबेला छतको पुनर्निर्माणको काम भइरहेको छ । अहिले तेस्रो तल्लाको काम धमाधम भइरहेको छ । वर्षाको मौसम नजिकिँदै गर्दा यसको पुनर्निर्माणलाई थप प्राथमिकता दिइएको छ । किनभने वर्षाअघि पुनर्निर्माण नसकिए यसले मन्दिरमा थप क्षति पुग्नेछ ।

पुनर्निर्माणका लागि १०–१२ जना पारिश्रमिकमा काम गरिरहेका छन् । बाँकीले भने दैनिकरुपमा श्रमदान गरिरहेका छन् । यसमा स्थानीय देखि स्काउट रहेका छन् । स्थानीय प्रशासनको समन्वयमा हरेक दिन एक टोल या निश्चित स्थानका स्थानीयहरुलाई श्रमदानका लागि बोलाइन्छ । चाँडै नै यस मन्दिरको पुनर्निर्माणको काम सकिने उपभोक्ता समितिको आशा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप