मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या अभियोगमा २ जना पक्राउ

शनिबार, १७ जेठ २०७७, १७ : ०४
शनिबार, १७ जेठ २०७७

सुनसरी । बराहक्षेत्र नगरपालिका-३ बाङे घर भई झापा दमक बस्ने ३७ वर्षीय कमल राईको हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र नगरपालिका-३ ईक्राही बस्ने गणेश लिम्बु र प्रदीप राजधामी रहेका छन् ।

बराहक्षेत्र नगरपालिका-३ ईक्राही जमुनाकित्तास्थित प्लटिङ जग्गाको बाटोमा शुक्रबार बिहान कमल राई मृत अवस्थामा फेला परेका थिए । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा राईको हत्यामा संलग्न रहेको खुल्न आएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले पूर्व रिसइवीको कारण योजनाबद्ध रुपमा काठको लाठ्ठीले राईलाई कुटपिट गरी बिहीबार राति निर्ममतापूर्वक हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनास्थलबाट काठको लाठ्ठी २ थान प्रहरीले बरामद गरेको छ ।

पक्राउ दुवै जना उपर ज्यान सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप