बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो कार्यकाल १ वर्ष पुगेको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको अडियो सन्देश

शनिबार, १७ जेठ २०७७, १७ : १२
शनिबार, १७ जेठ २०७७

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वितेको एक वर्ष गरिब, किसान, महिला र युवाको शसक्तिकरणलाई प्राथमिकतामा राखिएको बताएका छन्।  प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुगेको अवसरमा अडियो सन्देश जारी गर्दै प्रधानमन्त्री मोदीले उनीहरुको सशक्तिकरणबाट नै मुलुकलाई सशक्त बनाउन सकिने उल्लेख गरेका हुन् ।

मोदीले एनडीए नेतृत्वको केन्द्रिय सरकार गठन गरेर दोस्रो कार्यकाल शुरु गरेको एक वर्ष पुरा भएको छ । गत वर्ष भएको लोकसभा निर्वाचनमा जनताले मुलुकलाई नयाँ उचाइमा पु¥याउने सपना देखेर मतदान गरेको पनि मोदीले अडियो सन्देशमा स्मरण गरेका छन् ।

‘त्यसैले हामीले यस वर्ष गरिब, किसान, महिला र युवालाई सशक्तिकरण गर्ने कुरालाई प्राथमिकतामा राख्यौँ’ उनले भनेका छन् । उनले नागरिकका नाममा पत्र समेत लेख्दै गत एक वर्षमा सरकारले गरेका कामहरुको सूची पनि सार्वजनिक गरेका छन् । 

सूचीमा उनले आफुहरुको प्रयास, उपलब्धि, ठूला ठूला निर्णयहरुलगायत पनि समेट्नु भएको जनाइएको छ । कोरोनाभाइरसको सङ्क्रमण फैलिइरहेको र देशभरी लकडाउन लागु गर्नु परेको अवस्थामा समेत सरकारले प्रभावकारी कामहरु गरेको प्रधानमन्त्री मोदीको दाबी छ । 

उनले जम्मु कश्मिरलाई केन्द्रीय प्रशासनअन्तर्गत ल्याएको, अयोध्या सम्वन्धी आदेश आएको, नागरिकता सम्वन्धी नयाँ व्यवस्था गरिएको लगायतका विषयलाई मुख्य कार्यको रुपमा उल्लेख गरेका छन् । त्यसैगरी देशको विकास र राष्ट्रिय एकताका लागि धेरै कामहरु भएको पनि प्रधानमन्त्री मोदीले पत्रमा लेखेका छन् ।

उनले किसानहरुलाई सम्मान र प्रेरणा प्रदान गर्न आफुले प्रधानमन्त्री किसान सम्मान निधि शुरु गरेको पनि चर्चा गरेका छन् । ‘यस कार्यक्रम अन्तर्गत एक बर्षमा झण्डै दश करोड किसानको खातामा ७२ हजार करोडभन्दा बढी रकम जम्मा गरिदिइएको छ’ प्रधानमन्त्री मोदीले लेखेका छन् । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप