शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुसमा फसेका भारतीय उद्धार गर्न गएको विमानकै चालक कोरोना संक्रमित, बीचबाटै फिर्ता बोलाइयो

शनिबार, १७ जेठ २०७७, १७ : ३८
शनिबार, १७ जेठ २०७७

भारतको नयाँ दिल्लीबाट रुसको मस्को उडान भरिरहेको ए–३२० विमानको एक पाइलट कोरोना पोजेटिभ भएको पत्ता लागेपछि बीच बाटोबाटै विमानलाई फिर्ता बोलाउनु परेको छ । यो घटना शनिबार बिहान भएको हो । यस घटनाबारे अनुसन्धानसमेत सुरु भएको छ ।

एयर इन्डियाका अधिकारीअनुसार यो विमान ‘वन्दे भारत मिसन’ अन्तरगत रुसमा फसेका भारतीयलाई लिन गइरहेको थियो । विमानमा कोही पनि यात्री सवार थिएनन् ।

विमान जब उज्बेकिस्तानको एयरस्पेसमा पुग्यो, तब ग्राउन्ड टिमका सदस्यले विमानका एक पाइलट कोरोना पोजेटिभ रहेको थाहा पाए ।

एयर इन्डियाका अधिकारीका अनुसार विमानलाई तुरुन्तै फिर्ता बोलाइएको थियो । शनिबार १२ बजेर ४५ मिनेट जाँदा विमान दिल्ली पुगेको थियो ।

घटनापछि चालकदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । अब रुसमा फँसेका भारतीयलाई लिन अर्को विमान पठाइनेछ ।

विमानको उडानभन्दा पहिले सबैको रिपोर्ट जाँच गरिन्छ । विशेष गरेर कोरोनाको रिपोर्ट । एक पाइलटको रिपोर्ट पोजेटिभ थियो तर त्यसलाई गल्तीले नेगेटिभ पढियो । त्यसपछि ग्राउन्ड टिमले उडानको अनुमति दिएको थियो ।

एयर इन्डिया स्रोतका अनुसार कामको दबाबको कारण यस्तो घटना भएको हो । हरेक दिन ३ सयभन्दा बढी चालकदलका सदस्यको कोरोना जाँच भइरहेको छ । सबैको रिपोर्ट एक्सल सिटमा आउँछ । यही पढ्दा गल्ती भएको हो ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप