शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पक्षीय झडप हुँदा १० घाइते

शनिबार, १७ जेठ २०७७, १८ : १२
शनिबार, १७ जेठ २०७७

रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा जग्गाको विषय लिएर झडप हुँदा १० जना घाइते भएका छन् ।

वृन्दावन नगरपालिका वडा नम्बर ४ हर्दिया पल्टुुवामा भएको सो झडपमा स्थानीय छोरा अनिल यादव र लालबाबुु यादव गम्भीर घाइते भएका छन् । उनीहरुलाई  थप उपचारका लागी वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए । 

अन्य सामान्य घाइतेको गरुडास्थित निजि क्लिनिकमा उपचार भएको बताइएको छ । 

झडपमा धारिलो हतियार प्रयोग भएको प्रारम्भिक अनुमान रहेको डिएसपी महतोले जानकारी दिए । 

घटनामा संलग्न रहेको आरोपमा स्थानीय उपेन्द्र यादव, रामकल्याण यादव र मदन यादव पक्राउ परेका छन् ।  दुई पक्षबीच जग्गाको  विषयलाई लिएर शुक्रवार साँझ देखि नै विवाद सुरु भएको छ । विवादबारे थप बुझ्ने क्रम चलिरहेको प्रहरीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप